Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

प्रसौनी गापाले बाल हेल्पलाइनलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने

spot_img
spot_img

वीरगंज । बालबालिकाहरुको संरक्षण, प्रवद्घन र उद्दारकोे लागि बाल हेल्पलाईन नम्बर १०९८ लाई प्रसौनी गाउँपालिकाले निःशुल्क एम्बुलेन्सको सेवा प्रदान गर्ने भएको छ ।

नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रिय बाल अधिकार परिषदको सहयोग तथा संरक्षण नेपाल बाराको आयोजनामा संचालित बाल हेल्पलाईनलाई एम्बुलेन्स सेवा प्रदान गर्ने दुवै कार्यालय बिच सहमती भएको हो ।

संरक्षण नेपाल बाराको आयोजनामा संचालित बाल हेल्पलाईनले बालबालिकाहरुको संरक्षण, प्रवद्घन र उद्दार कार्य गर्दा सहज हुने उदेश्यले प्रसौनी गाउँपालिकाको अध्यक्ष भोला प्रसाद गुप्ताल र संस्थाका अध्यक्ष बृजमोहन कुशवाहाले आइतबार सम्झौतामा हस्ताक्षर गरी सो सहमती गरेका हुन् ।

संरक्षण नेपाल बाराको आयोजनामा पर्सा, बारा, रौतहट तथा सर्लाही जिल्ला सम्म बालबालिकाहरुको संरक्षण, प्रवद्घन र उद्दारकोे लागि कलैयाबाट बाल हेल्पलाइन १०९८ ले सेवा प्रवाह गरिरहेको संस्थाका कार्यक्रम संयोजक मुकेश कुमार कुशवाहाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...