Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

वीरगंजमा ६ जना कोरोना संक्रमितको मृत्यु

spot_img
spot_img

वीरगंज  ।  वीरगंजमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत वीरगंज महानगरपालिका वडा नं. १६ मिथिला नगर ६५ बर्षीय पुरुष संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताए । जेठ ७ गते पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको पुरुषलाई जेठ ८ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

गम्भिर किसिमको निमुनिया लगायतको स्वास्थ्य समस्या देखिएको पुरुषको आईतबार बिहान ८ बजे मृत्यु भएको कोभिड संयोजक डा. सिंहले जानकारी दिए ।

यस्तै, वीरगंजस्थित तराई अस्पतालमा उपचाररत पर्साको पर्सागढी नगरपालिका वडा नं. ३ निवासी ६० बर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशसकिय अधिकृत विनय श्रीवास्तवले बताए । बैशाख ३० गते कोरोना संक्रमित भएका पुरुषलाई जेठ ६ गते उपचारको लागि तराई अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया लगायतको स्वास्थ्य समस्या देखिएको संक्रमित पुरुषको आईतबार दिउँसो २ बजे मृत्यु भएको अधिकृत श्रीवास्तवले जानकारी दिए ।

यस्तै, तराई अस्पतालमै उपचाररत वीरगंज महानगरपालिका वडा नं. ११ निवासी २५ बर्षिय महिला कोरोना संक्रमितको मृत्यु भएको उनले बताए । जेठ ५ गते एन्टिजोन पोजिटिभ देखिएकी महिलालाई सोही दिन उपचारको लागि तराई अस्पतालमा भर्ना गरिएको थियो भने उपचारकै क्रममा संक्रमित महिला आईतबार दिउँसो २ः५० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै, वीरगंजस्थित नारायणी अस्पतालमा उपमाररत बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ निवासी ६५ बर्षिय पुरुष र रौतहट जिल्ला हिमाली बस्ती ११ निवासी ५५ बर्षिय पुरुष संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोजशन दासले बताए ।

यस्तै, नारायणी अस्पतालमा उपचाररत ठेगाना नखुलेको ३५ बर्षिय महिला संक्रमितको पनि मृत्यु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...