Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

वीरगंजमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंजमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगंजस्थित नारायणी अस्पतालमा २ जना, तराई अस्पताल र वीरगंज हेल्थ केयरमा उपचाररत एक÷एक जनाको मृत्यु भएको हो ।

नारायणी अस्पतालमा उपचाररत पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ निवासी ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको संक्रमित पुरुषलाई जेठ ९ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । निमुनिया लगायतको स्वास्थ्य समस्या रहेको पुरुष बिहीबार राती १० बजे मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. सरोज रोशन दासले जानकारी दिए ।

यस्तै, तराई अस्पतालमा उपचाररत वीरगंज महानगरपालिका वडा नम्बर १३ निवासी ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । जेठ ४ गते तराई अस्पतालमा भर्ना भएकी महिलामा जेठ ५ गते एन्टिजोन पोजेटिभ देखिएको थियो भने बिहिबार दिउँसो १२ बजेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यस्तै, वीरगंज हेल्थ केयरमा उपचाररत वीरगंज महानगरपालिकाको वडा नं. २९ निवासी ६० बर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि जेठ ६ गते वीरगंज हेल्थ केयरमा भर्ना भएकी महिलामा जेठ ९ गते पिसिआर विधिबाट परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । उनको बिहीबार राती ९ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले बताए ।

यस्तै नारायणी अस्पतालमा उपचाररत बाराको सुवर्ण गाउँपालिका वडा नं. ६ निवासी ७० वर्षीय महिलाको मृत्यु भएको छ । जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको महिलालाई जेठ ९ गते नारायाणी अस्पतालमा भर्ना गरिएको थियो । निमुनिया लगायतका स्वास्थ्य समस्या देखिएको उनको शुक्रबार बिहान ३ः३० बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...