Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पर्सामा संक्रमितको संख्या घट्दै

spot_img
spot_img

वीरगंज  । पर्सामा कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको छ । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार ८० जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा जम्मा १४ जनामा कोरोना संक्रमण फेला परेको छ ।

फेला परेका संक्रमित मध्ये पर्साका ९ जना, बाराका दुई जना, रौतहटका एक जना र सर्लाहीका दुई जना रहेको अस्पतालका कोभिड संयोजक एवम् निमित मेडिकल सुपरिटेन्डेन्ट डा. उदय नारायण सिंहले बताए । उनका अनुसार संक्रमितहरुमध्ये २ जना महिला र १२ जना पुरुष रहेका छन् । संक्रमितहरु २५ वर्षदेखी ८७ वर्ष उमेर समूहका रहेका छन् । उनीहरुको सिटि भ्यालु २१.२ देखी ३३.३ सम्म रहेको छ ।

यस्तै बिहिबार नारायणी अस्पतालमा १ सय ७७ जनाको आरटी–पिसिआर प्रविधिबाट परिक्षण गर्दा ४२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो । संक्रमित हुनेमा पर्साका २५ जना, बाराका ११ जना, रौतहट–सर्लाहीका ३÷३ जना र काठमान्डौंका १ जना रहेका थिए ।

यसतै बुधबार नारायणी अस्पतालको प्रयोगशालामा २८२ जनाको पिसिआर बिधिबाट परिक्षण गर्दा ६० जनामा कोरोना भाईरस संक्रमण फेला परेको थियो । जसमध्ये संक्रमित हुनेमा पर्साका २४ जना, बाराका २१ जना, रौतहटका ८ जना, सर्लाहीका ६ जना र ललितपुरका एक जना थिए । 

यो तथ्याङकले संक्रमितको संख्या दिनहु कमी आउन थालेको देखाईरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...