Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

प्रहरीकाे भिडियाे खिचेकाे भन्दै मेडिकल कर्मचारीलाई डिएसपीकाे लात्ती

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रह्लाद कार्कीले मेडिकलका कर्मचारीलाई कुटेका छन् ।

वीरगंज–८, पानीटंकीस्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई डीएसपीले कुटेका हुन् । डिएसपी कार्कीले ‘प्रहरीको भिडियो किन खिचेको ?’ भन्दै बुधवार अहमदलाई कुटेका हुन् ।

भिडियो फुटेजमा प्रहरी कार्कीले लाती र लौराले उनलाई कुटेको देखिन्छ ।

मोवाईलबाट भिडियो खिचेको आरोपमा अप्रोजलाई कार्कीले अमानवीय तरिकाले कुटेको स्वास्थ्यकर्मी करण पटेलले बताए ।‘कुटेपछि उहाँले मोवाईल पनि लिएर जानुभएको छ’ पटेलले भने– ‘मोवाइल फिर्ता दिइएको छैन् ।’

मेडिकलका कर्मचारीले प्रहरीमाथि हातपात भएको भिडियो बनाएको एसपी बेलबहादुर पाण्डेले बताए ।

‘हाम्रो प्रहरीमाथि हातपात भएको भिडियो बनाएको हुनाले कुटपिट गरिएको हो’ एसपी पाण्डेले भने–‘अलि दिन अघिको घटना हो, हाम्रो प्रहरीमाथि हातपात भएको भिडियो उनले बनाएका थिए ।’

डिएसपी कार्कीले कुटपिट गरेको कुरा पाण्डेले स्वीकारे । भने– ‘त्यसबेला प्रहरीलाई हातपात गर्ने चारजना थुनामा छन् ।’ एसपी पाण्डेले पुरानो घटना भने पनि पीडित पक्षले बुधवार बिहान १० बजेको घटना भएको बताएका छन् ।

स्वास्थ्यकर्मी तथा प्याथो सर्जिकल हाउसका सञ्चालक करण पटेलले सो घटना बुधबार बिहानको भएको दाबी गरे । उनले भने– ‘आज बिहान १० बजेको घटना हो, पुरानो घटनासँग कुनै सम्बन्ध छैन् ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ...

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...