Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

प्रहरीकाे भिडियाे खिचेकाे भन्दै मेडिकल कर्मचारीलाई डिएसपीकाे लात्ती

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रह्लाद कार्कीले मेडिकलका कर्मचारीलाई कुटेका छन् ।

वीरगंज–८, पानीटंकीस्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई डीएसपीले कुटेका हुन् । डिएसपी कार्कीले ‘प्रहरीको भिडियो किन खिचेको ?’ भन्दै बुधवार अहमदलाई कुटेका हुन् ।

भिडियो फुटेजमा प्रहरी कार्कीले लाती र लौराले उनलाई कुटेको देखिन्छ ।

मोवाईलबाट भिडियो खिचेको आरोपमा अप्रोजलाई कार्कीले अमानवीय तरिकाले कुटेको स्वास्थ्यकर्मी करण पटेलले बताए ।‘कुटेपछि उहाँले मोवाईल पनि लिएर जानुभएको छ’ पटेलले भने– ‘मोवाइल फिर्ता दिइएको छैन् ।’

मेडिकलका कर्मचारीले प्रहरीमाथि हातपात भएको भिडियो बनाएको एसपी बेलबहादुर पाण्डेले बताए ।

‘हाम्रो प्रहरीमाथि हातपात भएको भिडियो बनाएको हुनाले कुटपिट गरिएको हो’ एसपी पाण्डेले भने–‘अलि दिन अघिको घटना हो, हाम्रो प्रहरीमाथि हातपात भएको भिडियो उनले बनाएका थिए ।’

डिएसपी कार्कीले कुटपिट गरेको कुरा पाण्डेले स्वीकारे । भने– ‘त्यसबेला प्रहरीलाई हातपात गर्ने चारजना थुनामा छन् ।’ एसपी पाण्डेले पुरानो घटना भने पनि पीडित पक्षले बुधवार बिहान १० बजेको घटना भएको बताएका छन् ।

स्वास्थ्यकर्मी तथा प्याथो सर्जिकल हाउसका सञ्चालक करण पटेलले सो घटना बुधबार बिहानको भएको दाबी गरे । उनले भने– ‘आज बिहान १० बजेको घटना हो, पुरानो घटनासँग कुनै सम्बन्ध छैन् ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...