Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

रोट-याक्ट क्लबद्वारा सुरक्षाकर्मीलाई खाजा वितरण

spot_img
spot_img

वीरगंज । रोट-याक्ट क्लब अफ वीरगंज मेट्रोपोलीसले अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई खाजा र पानी वितरण गरेको छ ।

कोरोना भाइरसको महामारीमा जनताको सुरक्षाका लागि अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरुलाई सम्मानस्वरुप खाजा र पानी वितरण गरिएको क्लबले जनाएको छ ।

वीरगञ्जको घण्टाघर, बसपार्क, माइस्थान, गण्डक, पावरहाउस, रामगढवा लगायतका क्षेत्रमा गएर खाजा र पानी वितरण गरिएको क्लबका सह सचिब दिपु वर्णवालले बताए ।

यसअघि निषेधाज्ञाका कारण प्रभावितहरुलाई राहतसमेत वितरण गरीरहेको क्लबले सुरक्षाकर्मीहरुलाई पनि खाजा र पानी वितरण थालेको जोन १३ का जेटआरआर प्रकाश कर्णले बताए ।

उक्त काममा क्लबका कम्युनिटी सर्भिस डाइरेक्टर निश्चल प्रजापती, क्लबका सदस्य रोहित गुप्ता लगायतले सहयोग गरिरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ...

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...