Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

पाेखरियामा डिवाईसिद्वारा गर्भवती र सुत्केरी महिलालाई लिटो वितरण

spot_img
spot_img

वीरगंज । पोखरीया नगरपालीकाकाे वडा न. ७, ८ र १० मा रहेका सुत्केरी, गर्भावती महिला तथा ५ वर्ष मुनीका बालबालिकाहरुको लागि सर्वोत्तम आहार लिटो वितरण गरिएको छ ।

यूकेएड, सेफ द चिल्ड्रन, एकशनएड नेपाल तथा दिव्य यूवा क्लव (डिवाईसि) पर्साको संयूक्त साझेदारीमा पाेखरिया नगरपालिकामा संचालित कोभिड १९ का सहायक प्रभाव उत्थानशील प्रतिकार्य परियोजना अन्तर्गत लिटाे वितरण गरिएकाे हाे । 

कोभिड १९ को सुरक्षाको मध्यनजर गर्दै पोखरीया नगरपालीकाकाे वडा न. ७, ८ र १० का ६२ जना गर्भवती, ८८ जना सुत्केरी महिला र ४ सय जना ५ वर्ष मुनीका बालबालिकाहरुलाई लिटो वितरण गरिएको डिवाईसिका कार्यकारी निर्देशक रामाकान्त पटेलले वताए ।

गर्भवती तथा सुत्केरी महिलाहरुलाई १८ केजीका दरले र बालबालिकाहरुलाई ९ केजीको दरले लिटो वितरण गरिएको उनले जानकारी दिए ।

उनले भने “विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाईरसको महामारिबाट कोहि पनि अछुतो नरहेको बेलामा दैनिक ज्याला तथा मजदुरी गरि जिवीकोपार्जन गर्ने वर्गहरुलाई त झन निकै कठिन अवस्थाको सामना गरिरहनुपरेको छ ।”

आफ्नो दैनिक छाक टार्न नै धौ धौ परिरहेको समयमा पौष्टिक आहार छुटाउन सक्ने त अवस्था नै भएन । यसरी समस्यामा परेका अति विपन्न घरपरिवारका सदस्यहरुको लागि पाेखरिया नगरपालिकामा संचालित कोभिड १९ का सहायक प्रभाव उत्थानशील प्रतिकार्य परियोजना अन्तर्गत लिटाे वितरण गरिएकाे निर्देशक पटेलले वताए ।

उनका अनुसार वितरण गरिएकाे सर्वोत्तम लिटो भटमास, गहुँ, चिनी, भिटामिन, खनिज पदार्थ, पोटासियम क्लोराईड लगायतका पोषण तत्वहरु मिलेर बनेको पोषणयुक्त पिठो हो । यसको सेवनले बालबालिकाहरु तथा गर्भवती तथा सुत्केरी महिलाहरुलाई चाहिने आवश्यक पोषण तत्व प्राप्त हुने भएकाेले वितरण गरिएकाे हाे ।

लिटो वितरण पोखरीया नगरपालीकाको सहकार्यमा गरिएकाे डिवाईसिले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...