Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

पाेखरियामा डिवाईसिद्वारा गर्भवती र सुत्केरी महिलालाई लिटो वितरण

spot_img
spot_img

वीरगंज । पोखरीया नगरपालीकाकाे वडा न. ७, ८ र १० मा रहेका सुत्केरी, गर्भावती महिला तथा ५ वर्ष मुनीका बालबालिकाहरुको लागि सर्वोत्तम आहार लिटो वितरण गरिएको छ ।

यूकेएड, सेफ द चिल्ड्रन, एकशनएड नेपाल तथा दिव्य यूवा क्लव (डिवाईसि) पर्साको संयूक्त साझेदारीमा पाेखरिया नगरपालिकामा संचालित कोभिड १९ का सहायक प्रभाव उत्थानशील प्रतिकार्य परियोजना अन्तर्गत लिटाे वितरण गरिएकाे हाे । 

कोभिड १९ को सुरक्षाको मध्यनजर गर्दै पोखरीया नगरपालीकाकाे वडा न. ७, ८ र १० का ६२ जना गर्भवती, ८८ जना सुत्केरी महिला र ४ सय जना ५ वर्ष मुनीका बालबालिकाहरुलाई लिटो वितरण गरिएको डिवाईसिका कार्यकारी निर्देशक रामाकान्त पटेलले वताए ।

गर्भवती तथा सुत्केरी महिलाहरुलाई १८ केजीका दरले र बालबालिकाहरुलाई ९ केजीको दरले लिटो वितरण गरिएको उनले जानकारी दिए ।

उनले भने “विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाईरसको महामारिबाट कोहि पनि अछुतो नरहेको बेलामा दैनिक ज्याला तथा मजदुरी गरि जिवीकोपार्जन गर्ने वर्गहरुलाई त झन निकै कठिन अवस्थाको सामना गरिरहनुपरेको छ ।”

आफ्नो दैनिक छाक टार्न नै धौ धौ परिरहेको समयमा पौष्टिक आहार छुटाउन सक्ने त अवस्था नै भएन । यसरी समस्यामा परेका अति विपन्न घरपरिवारका सदस्यहरुको लागि पाेखरिया नगरपालिकामा संचालित कोभिड १९ का सहायक प्रभाव उत्थानशील प्रतिकार्य परियोजना अन्तर्गत लिटाे वितरण गरिएकाे निर्देशक पटेलले वताए ।

उनका अनुसार वितरण गरिएकाे सर्वोत्तम लिटो भटमास, गहुँ, चिनी, भिटामिन, खनिज पदार्थ, पोटासियम क्लोराईड लगायतका पोषण तत्वहरु मिलेर बनेको पोषणयुक्त पिठो हो । यसको सेवनले बालबालिकाहरु तथा गर्भवती तथा सुत्केरी महिलाहरुलाई चाहिने आवश्यक पोषण तत्व प्राप्त हुने भएकाेले वितरण गरिएकाे हाे ।

लिटो वितरण पोखरीया नगरपालीकाको सहकार्यमा गरिएकाे डिवाईसिले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ...

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...