Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन

spot_img
spot_img

वीरगंज । 

चर्चित युवा  कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ । मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा उनको निधन भएको हो । उनलाई आदर्शले सोमबार राती नारायणी अस्पतालबाट उपचारका लागि भरतपुर अस्पताल लगेका थिए ।

नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको भन्दै आदर्शकले पितालाई राम्रो अस्पतालमा उपचार गराउने भन्दै भरतपुर अस्पताल लगेका थिए ।

चार बर्षदेखि मिर्गौलाका बिरामी रहेका आदर्शका पिता विनोदको डायलिसस हुँदै आएको थियो । बाराको जितपुरबाट आदर्शकले पितालाई हप्ताको दुई पटक मिर्गौलाको डायलसिस गराउन नारायणी अस्पताल लिएर जाने गरेका थिए ।

उनले, हालै मात्र  एक भिडियो सार्वजनिक गर्दै  डायलसिस गराउनुपर्ने मृगौलाका बिरामीको अवस्था निकै नै नाजुक रहेको बताएका थिए । उनले भिडियोमा नारायणी अस्पतालमा डायलसिस गराउँदै आएका बिरामीको २ वटै मेसिन विग्रिएकाले डायलसिस नहुने जानकारी आफूले प्राप्त गरेको बताएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...