Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

युवा संघद्वारा वीरगंजका ३ सय २६ परिवारलाई राहत वितरण

spot_img
spot_img

वीरगंज । राष्ट्रिय युवा संघ नेपाल पर्साले वीरगंजका ३ सय २६ परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा प्रभावित बनेका अति गरिब परिवारको लागि राष्ट्रिय युवा संघ नेपाल पर्साले साेमबार दोश्रो दिन पनि राहत समाग्री बितरण गरेको हाे ।

निषेधाज्ञामा दैनिक ज्यालादारी, मजदुरी गर्ने अति बिपन्न र गरिव परिवारका सदस्य कोइ पनि भौकै नसुतोस भन्ने उदेश्यले जिल्लाभरी राहत बितरण कार्यक्रम शुरु गरएिको संघका पर्सा अध्यक्ष महम्मद निजामले बताए ।

उनले दैनिक ज्यालादारी, मजदुरी गर्ने अति बिपन्न र गरिव परिवारको लागि हेल्प डेस्क संनचाल गरेको बताए । हेल्प डेस्कमा सम्पर्क गरेको व्यत्तिलाई युवा संघको टोलिले घरमै राहत पु¥याउने गरेको अध्यक्ष निजामले बताए ।

संघले सुरु गरेको राहत वितरण कार्यक्रममा सहयोगी दाताहरुको हात जुट्न थालेको उनले वताए ।

आइतबारदेखि सुरु भएको हेल्प डेस्कमा सन्तोष साह (नेबिल बैंक ), मनिष सिंह (एनआई क्यामपस ), छिपहरमाइ गाउँपालिकाका मनोज गुप्ता, साबिन बस्नेत, निसन्त लामीछाने, डा. अनुज यादव, डा. कैशल, आलोक चौरसीया, सन्तेस पटेल, रोशन श्रेष्ट, रोशन गुप्ता, मुकेश सिंह, गोविन्द, वडाध्यक्ष राजकिशोर गुप्ता, अजित मिश्रा लगायतका दाताहरु सहयोग गरेकाे अध्यक्ष निजामले बताए ।

हेल्प डेस्कबाट वीरगन्जका विभिन्न ठाउँमा ३ सय २६ जनालाई राहत दिएको हेल्प डेस्कका संयोजक रवि गुप्ताले जानकारी दिए ।

गुप्ताले प्रति परिवारलाई १० के.जी, चामल २ के.जी आलु, २ के.जी, प्याज १ के.जी दाल, नुन १ प्यकेट, तेल १ प्यकेट राहत बितरण गरिएको वताए ।

राहत बितरण कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य रवि गुप्ता, चन्दन गुप्ता, नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य अकलेश साह, संघका सदस्यहरु राकेश साह, हेमन्त तामाङ, प्रकाश रौनियार, दाउद हवारी, दिलिप रौनियार, कुनान पटेल, मुकेश साह र बिकाश साह लगायतको सक्रिय सहभागिता रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...