Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

युवा संघद्वारा वीरगंजका ३ सय २६ परिवारलाई राहत वितरण

spot_img
spot_img

वीरगंज । राष्ट्रिय युवा संघ नेपाल पर्साले वीरगंजका ३ सय २६ परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा प्रभावित बनेका अति गरिब परिवारको लागि राष्ट्रिय युवा संघ नेपाल पर्साले साेमबार दोश्रो दिन पनि राहत समाग्री बितरण गरेको हाे ।

निषेधाज्ञामा दैनिक ज्यालादारी, मजदुरी गर्ने अति बिपन्न र गरिव परिवारका सदस्य कोइ पनि भौकै नसुतोस भन्ने उदेश्यले जिल्लाभरी राहत बितरण कार्यक्रम शुरु गरएिको संघका पर्सा अध्यक्ष महम्मद निजामले बताए ।

उनले दैनिक ज्यालादारी, मजदुरी गर्ने अति बिपन्न र गरिव परिवारको लागि हेल्प डेस्क संनचाल गरेको बताए । हेल्प डेस्कमा सम्पर्क गरेको व्यत्तिलाई युवा संघको टोलिले घरमै राहत पु¥याउने गरेको अध्यक्ष निजामले बताए ।

संघले सुरु गरेको राहत वितरण कार्यक्रममा सहयोगी दाताहरुको हात जुट्न थालेको उनले वताए ।

आइतबारदेखि सुरु भएको हेल्प डेस्कमा सन्तोष साह (नेबिल बैंक ), मनिष सिंह (एनआई क्यामपस ), छिपहरमाइ गाउँपालिकाका मनोज गुप्ता, साबिन बस्नेत, निसन्त लामीछाने, डा. अनुज यादव, डा. कैशल, आलोक चौरसीया, सन्तेस पटेल, रोशन श्रेष्ट, रोशन गुप्ता, मुकेश सिंह, गोविन्द, वडाध्यक्ष राजकिशोर गुप्ता, अजित मिश्रा लगायतका दाताहरु सहयोग गरेकाे अध्यक्ष निजामले बताए ।

हेल्प डेस्कबाट वीरगन्जका विभिन्न ठाउँमा ३ सय २६ जनालाई राहत दिएको हेल्प डेस्कका संयोजक रवि गुप्ताले जानकारी दिए ।

गुप्ताले प्रति परिवारलाई १० के.जी, चामल २ के.जी आलु, २ के.जी, प्याज १ के.जी दाल, नुन १ प्यकेट, तेल १ प्यकेट राहत बितरण गरिएको वताए ।

राहत बितरण कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य रवि गुप्ता, चन्दन गुप्ता, नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य अकलेश साह, संघका सदस्यहरु राकेश साह, हेमन्त तामाङ, प्रकाश रौनियार, दाउद हवारी, दिलिप रौनियार, कुनान पटेल, मुकेश साह र बिकाश साह लगायतको सक्रिय सहभागिता रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...