Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

वीरगंज जेसिजद्वारा साहिब दरबारलाई चामल र तेल सहयोग

spot_img
spot_img

वीरगंज । निषेधाज्ञाबाट प्रभावित भएकाहरुलाई निःशुल्क रुपमा भोजन उपलब्ध गराउँदै आएको साहिब दरबार सेवा संस्थानलाई जेसिआई परिवारले खाद्यान्न सहयोग गरेको छ ।

जेसिआईले नेपाल भरिका विभिन्न जिल्ला शाखाहरुले लगातार १८ दिनदेखि निःशुल्क भोजन उपलब्ध गराई रहेको संस्थानलाई सहयोग गरेको हो । आईतबार नेपाल जेसिजका केन्द्रिय तालिम आयुक्त मनिष श्रेष्ठका साथै वीरगंज जेसिजका सभापति राजन राउतले संस्थानका संरक्षक राजेशमान सिंहलाई २५ बोरा चामल र २ कार्टुन तेल हस्तान्तरण गरेका थिए ।

नेपाल जेसिजको नेतृत्वमा जेसिआई वीरगंज, जेसिआई हेटौँडा, जेसिआई पाटन, जेसिआई शुक्लगण्डकी, जेसिआई धरान, जेसिआई तरहरा, जेसिआई सिमरा, जेसिआई नारायणगढ, रजनी फाउण्डेशन, जेसिआई पोखरा, जेसिआई बस्तिपुर, जेसिआई म्याग्दी, जेसिआई लमजुंग, राष्ट्रिय अध्यक्ष जेसि अरुनेश्वर खनाल, जेसि सुमन कृष्ण श्रेष्ठ, रजनी थापालगायतकाको संयुक्त सहयोगमा संस्थानलाई आवश्यक खाद्यान्न सहयोग उपलब्ध गराइएको जनाइएको छ ।

कोरोनाभाइरस संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न आह्वान गरिएको निषेधाज्ञाबाट प्रभावित भएका दैनिक ज्यालादारी गर्ने मजदुर, विपन्नलगायतकालाई संस्थानले निःशुल्क भोजन उपलब्ध गराइरहेको छ ।

बिहान र बेलुकी गरि दिनको २ पटक संस्थानले प्रभावितहरुका लागि निशुल्क भोजन बितरण गर्दै आईरहेको छ । निषेधाज्ञा जारी रहेसम्म भोजन शिविर जारी रहने सो संस्थानले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...