Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

वीरगंज जेसिजद्वारा साहिब दरबारलाई चामल र तेल सहयोग

spot_img
spot_img

वीरगंज । निषेधाज्ञाबाट प्रभावित भएकाहरुलाई निःशुल्क रुपमा भोजन उपलब्ध गराउँदै आएको साहिब दरबार सेवा संस्थानलाई जेसिआई परिवारले खाद्यान्न सहयोग गरेको छ ।

जेसिआईले नेपाल भरिका विभिन्न जिल्ला शाखाहरुले लगातार १८ दिनदेखि निःशुल्क भोजन उपलब्ध गराई रहेको संस्थानलाई सहयोग गरेको हो । आईतबार नेपाल जेसिजका केन्द्रिय तालिम आयुक्त मनिष श्रेष्ठका साथै वीरगंज जेसिजका सभापति राजन राउतले संस्थानका संरक्षक राजेशमान सिंहलाई २५ बोरा चामल र २ कार्टुन तेल हस्तान्तरण गरेका थिए ।

नेपाल जेसिजको नेतृत्वमा जेसिआई वीरगंज, जेसिआई हेटौँडा, जेसिआई पाटन, जेसिआई शुक्लगण्डकी, जेसिआई धरान, जेसिआई तरहरा, जेसिआई सिमरा, जेसिआई नारायणगढ, रजनी फाउण्डेशन, जेसिआई पोखरा, जेसिआई बस्तिपुर, जेसिआई म्याग्दी, जेसिआई लमजुंग, राष्ट्रिय अध्यक्ष जेसि अरुनेश्वर खनाल, जेसि सुमन कृष्ण श्रेष्ठ, रजनी थापालगायतकाको संयुक्त सहयोगमा संस्थानलाई आवश्यक खाद्यान्न सहयोग उपलब्ध गराइएको जनाइएको छ ।

कोरोनाभाइरस संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न आह्वान गरिएको निषेधाज्ञाबाट प्रभावित भएका दैनिक ज्यालादारी गर्ने मजदुर, विपन्नलगायतकालाई संस्थानले निःशुल्क भोजन उपलब्ध गराइरहेको छ ।

बिहान र बेलुकी गरि दिनको २ पटक संस्थानले प्रभावितहरुका लागि निशुल्क भोजन बितरण गर्दै आईरहेको छ । निषेधाज्ञा जारी रहेसम्म भोजन शिविर जारी रहने सो संस्थानले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ...

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...