Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026

वयोधामा दुरबिन प्रविधिबाट छातीको अपरेशन गरी फोक्सोबाट फलामको टुक्रा निकालियो

spot_img
spot_img

वीरगंज। वीरगंजस्थित नारायणी वयोधा अस्पतालमा दुरबिन प्रविधि (Video Assisted Thoracoscopic Surgery- VATS) बाट छातीको अपरेशन गरी फोक्सोमा फसेको फलामको टुक्रा निकालिएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार वीरगंजको एक कारखानामा कार्यरत आसाम भारत निवासी पप्पु बोहराको, कामकै सिलसिलामा भएको दुर्घटनामा फलामको एउटा टुक्रा बेगले उछिट्टिएर उनको दाहिने छाती छेडेर भित्र पसेको थियो । उनी पिडाले रन्थनिए । वीरगंजमा यसको उपचार नहुने भन्दै उनलाई काठमाडौं जान भनियो तर उनी नारायणी वयोधा अस्पताल आए । अस्पतालका मार्केटिङ्ग अफिसरले भने, ‘‘छातीको सी.टी. स्क्यान गरेर हेर्दा त्यो फलामको टुक्रा दाहिने फोक्सो भित्र रहेको पाइयो । उनलाई अपरेशन कक्षामा लगी दुरबिन प्रविधिबाट छातीको अपरेशन गरी फलामको टुक्रा निकालियो ।’’

डा. सौरभ शर्माको टोलीले उनको सफल शल्यक्रिया गरेको उनले बताए । दुरबिन विधिबाट अपरेशन भएकोले सानो घाउबाट नै अपरेशन गर्न सम्भव भएको अस्पतालले जनाएको छ । उनलाई धेरै दुखाइ भएन, केही घण्टामै हिडडुल गर्न सक्ने भएका छन् ।
अस्पतालका चिकित्सकका अनुसार पुरानै विधिबाट अपरेशन गराएको भए छातीमा ठूलो घाउ बनाउन पथ्र्याे, उनलाई असाध्यै दुख्ने थियो र धेरै दिन अस्पतालमै बस्नु पथ्र्याे ।

नारायणी वयोधा अस्पतालले स्थापना कालदेखि नै विभिन्न आधुनिक र विशिष्ट प्रविधिहरु भित्रियाएर थुप्रै रोग हरुको उपचारको सुविधा उपलब्ध गराउदै आएको छ । यस अघि वयोधा अस्पतालमा दुरबिन प्रविधि (laparoscopy) बाट पित्तको थैली, अप्पेंडीक्स, विभिन्न प्रकारका हर्निया, मृगौला (nephrectomy), ठूलो आन्द्रा खस्ने (rectal prolapse) लगायतका रोगहरूको शल्यक्रिया हुदै आएको छ । छातीको अपरेशन (VATS) भने पहिलो हो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...