Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पाेखरिया र बहुदरमाईकाे काेराेना संक्रमितकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साका थप ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।  वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत २ जना र वीरगंज हेल्थ केयरमा उपचाररत एक जनाकाे मृत्युु भएकाे हाे ।

नारायणी अस्पतालमा उपचाररत बहुदरमाई नगरपालिकाकाे वडा नं. २ का ७० बर्षिय काेराेना संक्रमित वृद्धकाे मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले वताए ।

उनका अनुसार जेठ ६ गते संक्रमित भएका उनलाई जेठ ८ गते नारायणी अस्पतालमा भर्ना गरिएकाे थियाे । निमाेनिया लगायतकाे समस्या देखिएकाे उनकाे साेमबार विहान १२:४५ बजे मृत्यु भएकाे अस्पतालले जनाएकाे  छ ।

यस्तै, नारायणी अस्पताल मै उपचाररत वीरगंज महानगरपालिकाकाे चाेर्नीका ३५ बर्षिय पुरुषकाे मृत्यु भएकाे छ ।

बैशाख ३० गते काेराेना संक्रमित भएका उनी साेही दिन नारायणी अस्पतालमा भर्ना भएका थिए । निमाेनिया लगायतका स्वास्थ्य समस्या देखिएकाे उनकाे साेमबार विहान ५ बजे मृत्यु भएकाे नारायणी अस्पतालका काेभिड संयाेजक डा. सराेज राेशन दासले जानकारी दिए ।

यस्तै, वीरगंज हेल्थ केयरमा उपचारत पाेखरिया नगरपालिकाकाे वडा नं. ५ का ७० बर्षिय बृद्ध काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । 

जेठ २ गते संक्रमित भएका वृद्ध आइतबार वीरगंज हेल्थ केयरमा भर्ना भएका थिए । उपचारकाे क्रममा उनकाे साेमबार विहान ६ बजे मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत श्रीवास्तवले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...