Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढीमा १५ दिनमा ३७ जनाले लिए नि:शुल्क एम्बुलेन्स सेवा

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकामा १५ दिनमा ३७ जनाले निशुल्क एम्बुलेन्स सेवा लिएका छन् । नगरपालिकाकाे सबै वडाका ३७ जना काेराेना सम्भावित तथा संक्रमितहरु निशुल्क एम्बुलेन्स सेवा लिएकाे नगरपालिका कार्यालयले जनाएकाे छ ।

नगरपालिकाले आफ्नाे वेभसाइट र फेसबुक पेजमा ति सेवाग्राहीहरुकाे नाम समेत सार्वजनिक गरेकाे छ । 

नगरपालिकाले सार्वजनिक गरेकाे सेवाग्राहीकाे नमावली अनुसार निशुल्क एम्बुलेन्स सेवा लिने नगरपालिकाकाे वडा नं. १ का ३ जना, वडा नं. २ का ४ जना, वडा नं. ३ का ७ जना, वडा नं. ४ का २ जना, वडा नं. ५ का ८ जना, वडा नं. ६ का ४ जना, वडा नं. ७ का ५ जना, वडा नं. ८ का १ जना र वडा नं. ९ का ३ जना रहेका छन् ।

नगर कार्यपालिकाकाे बैशाख २३ गतेकाे बैठककाे निर्णय अनुसार नगरपालिकाले बैशाख २४ गतेदेखी निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएकाे थियाे । साेही अन्तर्गत नगरपालिकाकाे विभिन्न वडाबाट वीरगंजस्थित विभिन्न अस्पताल र आइशाेलेसन सम्म काेराेना सम्भावित तथा संक्रमितहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएकाे नगर प्रमुख लाेकनारायण यादवले वताए ।

यस्तै नगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाट आवश्यक बिरामी, काेराेना सम्भावित र संक्रमित व्यक्तिहरुलाई निशुल्क रुपमा ६ किसिमकाे औषधी समेत वितरण गरिएकाे मेयर यादवले जानकारी दिए ।

नगरपालिकाले वीरगंजस्थित साह दबरबार हाेटलमा काेराेना संक्रमितकाे उपचारकाे लागि अक्सिजनसहितकाे १५ बेडकाे आइशाेलेसन समेत संचालनमा ल्याएकाे छ । जुन आइशाेलेसमा हाल पनि ४ जना काेराेना संक्रमित उपचाररत रहेका छन् भने ३ जना निकाे भएर घर फर्कि सकेका छन् ।

यस्तै, भाेली साेमबारदेखी नगरपालिकाकाे विरुगुठीमा समेत आइशाेलेसन संचालन गर्न लागिएकाे नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी उमेश प्रसाद साहले वताए ।

नगरपालिकाकाे अन्य थप कृयाकलाप सन्चालनमा प्रसासनिक गतिविधि बाधक बन्दै आएको र यो विषम परिस्थितिमा नपाका प्रमुख प्रसासकिय अधिकृत घर बिदा लिई बसिदिदा झनै जनताले सास्ती भोग्नुपरेकाे स्थानीय जनप्रतिनिधिले गुनासो गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...