Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

तिलावे खाेलामा एक युवककाे शव फेला

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. २ पिपराको पूर्वपट्टी तिलावे खोलामा एक जना युवकको शव फेला परेकाे छ ।

वीरगंज महानगर–२४ बहुअरी निवासी ३० वर्षीय रामप्रताप पटेलको शव भेटिएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ । प्रहरीका अनुसार मृतक हिजो ६ बजेसम्म पत्नीसंग कुरा गरेको र राति घर नआएको बुझिएको छ ।

नदीको छेउमा जीउमा कपडा नभएको अवस्थामा शव भेटिएपछि उनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा हत्या भएको देखिन्छ । फेला परेकाे शव बारे थप अनुसन्धान भइरहेकाे र पोस्टमार्टमको रिपोर्ट आएपछि केही भन्न सकिने  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब निरीक्षक ओमप्रकाश खनालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...