Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

तिलावे खाेलामा एक युवककाे शव फेला

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. २ पिपराको पूर्वपट्टी तिलावे खोलामा एक जना युवकको शव फेला परेकाे छ ।

वीरगंज महानगर–२४ बहुअरी निवासी ३० वर्षीय रामप्रताप पटेलको शव भेटिएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ । प्रहरीका अनुसार मृतक हिजो ६ बजेसम्म पत्नीसंग कुरा गरेको र राति घर नआएको बुझिएको छ ।

नदीको छेउमा जीउमा कपडा नभएको अवस्थामा शव भेटिएपछि उनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा हत्या भएको देखिन्छ । फेला परेकाे शव बारे थप अनुसन्धान भइरहेकाे र पोस्टमार्टमको रिपोर्ट आएपछि केही भन्न सकिने  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब निरीक्षक ओमप्रकाश खनालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...