Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

खुला सिमा को कारण नेपाल भारत आवतजावत रोकिएन ,सुरक्षा निकाय मौन

spot_img
spot_img

जीराभवानी ,

नेपाल भारत सीमा नाका सिल रहेको भनिए पनि पर्साको ग्रामीण भेगका नाका हुदै भारतबाट मानिसहरु सहज रुपमै नेपाल भित्रिने क्रम रोकिएको छैन ।

पर्सामा संक्रमीतहरुको संख्या दिनहु अप्रत्याशीत रुपमा बढ्दै गएर स्थिती भयावह भइरहेको अवस्थामा पनि भारतबाट मानिसहरु सहजै रुपमा आउजाउ गरिरहेको ग्रामीण भेगका स्थानीयले बताएका छन् । भिस्वा ,जानकीटोलाको दसौता र माहादेवपट्टीको बलुवा र ठोरी गापा चारका मालिबस्ती र गोपिबस्तीका नाका हुदै भारतियहरु निर्वाध रुपमा नेपाल प्रबेश गरिरहेका हुन् ।सीमा नाकामा मानिसको पूर्ण आवागमन रोक्न ठाँउ ठाँउमा नेपाल प्रहरीको चौकी र सशस्त्र प्रहरीको चेकपोईन्ट रहेता पनि मोटरसाइकल र साइकलमा भारतीयहरु नेपाल भित्रिनै रहेका छन् ।

यस्तै पर्साको ग्रामीण भेगका सीमा क्षेत्रका नेपालीहरु पनि सीमावर्ती भारतीय बजारमा गएर किनमेल गरेर फेरि नेपाल फर्किने गरेका छन् ।जसका कारण कोरोनाको संक्रमण अझ धेरै फैलीने जोखीम बढेको छ । पर्सामा समुदाय स्तरमै संक्रमण फैलिइ सकेको भएपनि सिमा नाकामा स्थानिय प्रशासनले अझै कडाई गर्न नसकेको गुनासो ग्रामीण भेगका स्थानीयको छ ।सिमा वारी र पारीका बजारहरुमा कोरोनाभाइरसको संक्रमण समुदाय स्तरमै फैलिएर विकराल रुप लिइ सकेको भएपनि सिमामा मानिसहरुको ओहोरदोहोर रोक्न प्रशासन अझै पनि गम्भीर बन्न नसकेको स्थानिय बुद्धिजिवीहरुको भनाई छ ।सिमानाकामा कडाई नगरेर बीरगन्जको मुख्य सडकमा केन्द्रित भएको स्थानिय प्रशासनको भुमिका शंकास्पद देखिएको स्थानियहरुको भनाई छ ।

नाकामा कडाई गर्न नसकेको स्थानिय प्रशासनको सामाजिक सञ्जालमा पनि व्यापक आलोचना हुने गरेको छ ।केही दिन अघि मात्रै नाका अवलोकनका लागि पुगेको स्थानिय प्रशासनको एक टोलीको अवलोकन सकिने बित्तिक्कै भारतबाट नेपाल प्रवेश गर्नेहरुको लर्को लागेको स्रोतले जनाएको छ । यदि नाकामा अझै पनि दुरुस्त पहरा नराख्ने हो भने संक्रमण थप बढेर जाने विज्ञहरुको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...