Date
आइत, असार २१, २०८३
Sun, July 5, 2026

खुला सिमा को कारण नेपाल भारत आवतजावत रोकिएन ,सुरक्षा निकाय मौन

spot_img
spot_img

जीराभवानी ,

नेपाल भारत सीमा नाका सिल रहेको भनिए पनि पर्साको ग्रामीण भेगका नाका हुदै भारतबाट मानिसहरु सहज रुपमै नेपाल भित्रिने क्रम रोकिएको छैन ।

पर्सामा संक्रमीतहरुको संख्या दिनहु अप्रत्याशीत रुपमा बढ्दै गएर स्थिती भयावह भइरहेको अवस्थामा पनि भारतबाट मानिसहरु सहजै रुपमा आउजाउ गरिरहेको ग्रामीण भेगका स्थानीयले बताएका छन् । भिस्वा ,जानकीटोलाको दसौता र माहादेवपट्टीको बलुवा र ठोरी गापा चारका मालिबस्ती र गोपिबस्तीका नाका हुदै भारतियहरु निर्वाध रुपमा नेपाल प्रबेश गरिरहेका हुन् ।सीमा नाकामा मानिसको पूर्ण आवागमन रोक्न ठाँउ ठाँउमा नेपाल प्रहरीको चौकी र सशस्त्र प्रहरीको चेकपोईन्ट रहेता पनि मोटरसाइकल र साइकलमा भारतीयहरु नेपाल भित्रिनै रहेका छन् ।

यस्तै पर्साको ग्रामीण भेगका सीमा क्षेत्रका नेपालीहरु पनि सीमावर्ती भारतीय बजारमा गएर किनमेल गरेर फेरि नेपाल फर्किने गरेका छन् ।जसका कारण कोरोनाको संक्रमण अझ धेरै फैलीने जोखीम बढेको छ । पर्सामा समुदाय स्तरमै संक्रमण फैलिइ सकेको भएपनि सिमा नाकामा स्थानिय प्रशासनले अझै कडाई गर्न नसकेको गुनासो ग्रामीण भेगका स्थानीयको छ ।सिमा वारी र पारीका बजारहरुमा कोरोनाभाइरसको संक्रमण समुदाय स्तरमै फैलिएर विकराल रुप लिइ सकेको भएपनि सिमामा मानिसहरुको ओहोरदोहोर रोक्न प्रशासन अझै पनि गम्भीर बन्न नसकेको स्थानिय बुद्धिजिवीहरुको भनाई छ ।सिमानाकामा कडाई नगरेर बीरगन्जको मुख्य सडकमा केन्द्रित भएको स्थानिय प्रशासनको भुमिका शंकास्पद देखिएको स्थानियहरुको भनाई छ ।

नाकामा कडाई गर्न नसकेको स्थानिय प्रशासनको सामाजिक सञ्जालमा पनि व्यापक आलोचना हुने गरेको छ ।केही दिन अघि मात्रै नाका अवलोकनका लागि पुगेको स्थानिय प्रशासनको एक टोलीको अवलोकन सकिने बित्तिक्कै भारतबाट नेपाल प्रवेश गर्नेहरुको लर्को लागेको स्रोतले जनाएको छ । यदि नाकामा अझै पनि दुरुस्त पहरा नराख्ने हो भने संक्रमण थप बढेर जाने विज्ञहरुको भनाई छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित भएका छन् । वीरगंज महानगर समितिका सभापति दीपराज पटेलले उनलाई महानगर कार्यसमितिको...

ई–स्कुटर आगलागी प्रकरण : प्रशासनले बाेलाउँदा पनि आएन कुशवाहा मोटर्स

वीरगंज । कुशवाहा मोटर्स वीरगंजले जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनसमेत बेवास्ता गरेको आरोप लागेको छ । केही दिनअघि कुशवाहा मोटर्सबाट खरिद गरिएको एउटा ई–स्कुटरमा...

वीरगंज–३ मा रक्तदान कार्यक्रम, एक महिलासहित २२ जनाले गरे रक्तदान

वीरगंज । अत्यधिक गर्मीका कारण अस्पतालहरूमा रगतको माग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका–३ को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वडा नं....