Date
आइत, असार २१, २०८३
Sun, July 5, 2026

ठेकेदार रन्जन कन्ट्र्क्सन को लापरबाहीको कारण सदरमुकाम र अनेकौं गा.पा बिच सम्पर्क विच्छेद हुँदै

spot_img
spot_img

जीराभवानी, 

बेमौसमी वर्षा शुरू भएसँगै अहिले पर्साको ग्रामीण सडकहरूसँगको सम्पर्क विच्छेद हुँदैछ । थरुहट सडक, पोखरिया–लङ्गडी सडकखण्ड, हुलाकी सडकलगायत गाउँका प्रमुख सडकहरू हिलाम्य भएका कारण सडक सम्पर्क विच्छेद भएका हुन् । ग्रामीण सडकहरूको अवस्था नाजुक रहेको र सदरमुकाम वीरगंज र गा पा हरु बिच सम्पर्क विच्छेद भइरहेको ठोरी गाउँपालिकाका–५ का बिमल प्रधानले बताए।उनले ग्रामीण सडक स्तरोन्नतिको क्रममा रहेको तर सडक निर्माण भएका स्थानमा समस्या नभएपनि सडक निर्माणको काम आधा अधूरा भएका स्थानमा ठूलो समस्या भएको बताए । सडक बिग्रेका ठाउँमा सवारीसाधनहरू सञ्चालनमा निकै समस्या भएको र साइकल, मोटरसाइकल पनि डोरयाएर हिंड्नुपरेको उनले बताए ।

सडक डिभिजन कार्यालयमार्फत ठेक्का पाएका ठेकेदार कम्पनीले वर्षालाई लक्षित गरेर समस्या भएको ठाउँमा सडकको स्तरोन्नति नगरेकाले गाउँका सडकमा हिंड्नेलाई समस्या भएको हो । अहिले थरुहट सडकखण्ड अन्तर्गतका जीराभवानी गापाको सड्क पोखरिया–लङ्गडी–भिस्वा सडकखण्ड, हरिहरपुर–भलुवाही सडकखण्ड, जानकीटोला–भिस्वा सडकखण्डमा सबैभन्दा बढी समस्याभएको हो । पोखरिया–लङ्गडी–भिस्वा सडकखण्ड कालोपत्र गर्नेक्रममा ग्रेभल सडकमा माटो पुर्ने काम वर्षायाममा गरिएकोले समस्या भएको हो। ठेकेदार कम्पनीले चिप्लो माटो पुरेर आवागमनमा समस्या देखिएका छन ।

जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी, धोबिनी, छिपहरमाईलगायतका पालिकाका टोलटोलमा सडकको अवस्था एकदमै नाजुक छ । मुख्य सडकहरूमा भार क्षमताभन्दा बढी वजनका साथ ट्याक्टर, ट्रक, टिपर सञ्चालन भएका कारण सडकको अवस्था एकदमै नाजुक भएको हो । मुख्य सडकमा तीन फिटसम्मका खाल्डाखुल्डीहरू छन् ।

मुख्य सडकका साथै गाउँका अन्य सडकहरू पनि वर्षायाममा बिग्रेर हिंड्डुलमा समस्या भएको जीराभवानी गापा–१ महादेवपट्टी निवासी मनमोहन महतोले बताए । सदरमुकाम वीरगंज पुग्ने अर्काे वैकल्पिक जनता सडकको अवस्थामा पनि सुधार छैन ।

बाराको जीतपुर भएर वीरगंज पुग्ने जनता सडक अन्तर्गत पटेर्वासुगौली गापा–३ र ४ को देकुली र धर्मपुर सुगौलीसम्मको सडक निकै बिग्रिएको छ । सडक बिग्रिएकोले सवारीसाधनहरूको आवागमन पातलिएको र मानिसको चहलपहल पनि कम भएको स्थानीय राजेश मन्डलले बताए ।

 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित भएका छन् । वीरगंज महानगर समितिका सभापति दीपराज पटेलले उनलाई महानगर कार्यसमितिको...

ई–स्कुटर आगलागी प्रकरण : प्रशासनले बाेलाउँदा पनि आएन कुशवाहा मोटर्स

वीरगंज । कुशवाहा मोटर्स वीरगंजले जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनसमेत बेवास्ता गरेको आरोप लागेको छ । केही दिनअघि कुशवाहा मोटर्सबाट खरिद गरिएको एउटा ई–स्कुटरमा...

वीरगंज–३ मा रक्तदान कार्यक्रम, एक महिलासहित २२ जनाले गरे रक्तदान

वीरगंज । अत्यधिक गर्मीका कारण अस्पतालहरूमा रगतको माग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका–३ को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वडा नं....