Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

क्याट पर्साद्वारा हिमाल अक्सिजन उद्योगमा अनुगमन

spot_img
spot_img

वीरगञ्ज, ८ जेठ।

कोभिड एक्सन टिम (क्याट) पर्साले अक्सिजन उद्योगको अनुगमनलाई शनिवार पनि निरन्तरता दिएको छ ।

यसअघि मधु अक्सिजन उद्योगमा अनुगमन गरेको क्याटले शनिवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा रहेको हिमाल अक्सिजन प्लान्टमा अनुगमन गरेको छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण हटस्पट बनेको वीरगञ्जमा अक्सिजनको अभाव भइरहेको अवस्थामा अक्सिजन उद्योगहरुले अन्य ठाउँमा बिक्रि वितरण गरिरहेको भन्ने आशंकामा क्याटले अनुगमन थालेको हो ।

क्याटका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारी नेतृत्वको टोलीले अनुगमनको क्रममा १ हप्ताको तथ्यांक हेर्दा सन्तोषजनक नरहेको ठहर गरेको हो । बैशाख २ र ३ गतेको तथ्यांकअनुसार वीरगञ्जका अस्पतालभन्दा पनि बाहिर बढी पठाएको पाइएपनि ४ गतेपछिको तथ्यांकमा वीरगञ्जमै सप्लाइ भएको पाइएको छ ।

कुल ४ सय देखि ५ सय ठूलो अक्सिजन सिलिण्डर र सानो १ सय देखि १ सय ५० सम्मको उत्पादन क्षमता रहेको उद्योगका प्लान्ट प्रबन्धक बिजेन्द्र यादवले बताए । क्याटको टोलीलाई यादवले उद्योगको अनुगमन गराउँदै अवस्थाको बारेमा जानकारी गराएको क्याटका सदस्य एवम् जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिब तबरेज अहमदले जानकारी दिए ।

संयोजक अन्सारी, जसपा पर्साका सचिव अहमदसहित अनुगमन टोलीमा नेपाली कांग्रेस पर्साका सचिब श्याम पटेल, नेकपा एमालेका सञ्जिव मिश्रा, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत अर्जुन पौडेल, नेपाल पत्रकार महासंघ पर्साका सदस्य अमित अग्रवाल, आदित्य ठाकुर लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...