Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

क्याट पर्साद्वारा हिमाल अक्सिजन उद्योगमा अनुगमन

spot_img
spot_img

वीरगञ्ज, ८ जेठ।

कोभिड एक्सन टिम (क्याट) पर्साले अक्सिजन उद्योगको अनुगमनलाई शनिवार पनि निरन्तरता दिएको छ ।

यसअघि मधु अक्सिजन उद्योगमा अनुगमन गरेको क्याटले शनिवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा रहेको हिमाल अक्सिजन प्लान्टमा अनुगमन गरेको छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण हटस्पट बनेको वीरगञ्जमा अक्सिजनको अभाव भइरहेको अवस्थामा अक्सिजन उद्योगहरुले अन्य ठाउँमा बिक्रि वितरण गरिरहेको भन्ने आशंकामा क्याटले अनुगमन थालेको हो ।

क्याटका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारी नेतृत्वको टोलीले अनुगमनको क्रममा १ हप्ताको तथ्यांक हेर्दा सन्तोषजनक नरहेको ठहर गरेको हो । बैशाख २ र ३ गतेको तथ्यांकअनुसार वीरगञ्जका अस्पतालभन्दा पनि बाहिर बढी पठाएको पाइएपनि ४ गतेपछिको तथ्यांकमा वीरगञ्जमै सप्लाइ भएको पाइएको छ ।

कुल ४ सय देखि ५ सय ठूलो अक्सिजन सिलिण्डर र सानो १ सय देखि १ सय ५० सम्मको उत्पादन क्षमता रहेको उद्योगका प्लान्ट प्रबन्धक बिजेन्द्र यादवले बताए । क्याटको टोलीलाई यादवले उद्योगको अनुगमन गराउँदै अवस्थाको बारेमा जानकारी गराएको क्याटका सदस्य एवम् जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिब तबरेज अहमदले जानकारी दिए ।

संयोजक अन्सारी, जसपा पर्साका सचिव अहमदसहित अनुगमन टोलीमा नेपाली कांग्रेस पर्साका सचिब श्याम पटेल, नेकपा एमालेका सञ्जिव मिश्रा, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत अर्जुन पौडेल, नेपाल पत्रकार महासंघ पर्साका सदस्य अमित अग्रवाल, आदित्य ठाकुर लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ...

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...