Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जिराभवानीमा १० बेडकाे आइशाेलेसन, एम्बुलेन्स सेवा नि:शुल्क

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानि गाउँपालिकाले पनि १० बेडकाे आइशाेलेसन संचालनमा ल्याएकाे छ । 

गाउँपालिकाकाे वडा नम्बर ३ स्थित बिताे महताे माध्यमिक विद्यालयमा आइशाेलेसन संचालनमा ल्याइएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए । गाउँपालिका अन्तर्गतकाे काराेना संक्रमितकाे उपचारकाे लागि आईसाेलेसन संचालनमा ल्याइएकाे उनले जानकारी दिए ।

साधारण किसिमकाे काेराेना संक्रमितलाई गाउँपालिकाकाे आइशाेलेसनमा राखेर उपचार गरिने छ भने गम्भिर किसिमकाे काेराेना संक्रमितलाई वीरगंज पठाइने छ । 

आइशाेलेसनमा बस्ने संक्रमितकाे खाना, औषधी लगायतकाे सम्पूर्ण थाेककाे व्यवस्था गाउँपालिकाले गरेकाे छ ।

यसका साथै काेराेना स‍ंक्रमितकाे लागि दुई वटा एम्बुलेन्स सेवा समेत तयारी अवस्थामा राखिएकाे अधिकृत मेहताले वताए । उनका अनुसार काेराेना संक्रमितकाे लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...