Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

हिन्दु स्वंयसेवक संघ कोरोना प्रभावितको उद्धारमा अहोरात्र खट्दै

spot_img
spot_img
 वीरगंज । सेवा नै नारायण सेवा’ को भावलाई आत्मसात गर्दै हिन्दू स्वयंसेवक संघ नेपाल, वीरगन्ज विभाग तथा संघ विचार परिवारले कोरोना प्रभावितहरुको उद्दारमा अहोरात्र खटेर समाजमा उदाहरणिय काम गरीरहेको छ ।
 
संघका स्वंयसेवक वर्तमान अवस्थामा फैलिएको कोरोनाको महामारीको प्रर्वाह नगरी जनताको सेवाको निरन्तर लागि रहेका छन । वीरगन्जको नेशनल मेडिकल कलेज मातहातमा वीरगन्ज १६ नगवामा संचालित नेशनल मेडिकल कलेज कोरोना अस्पतालका विरामी तथा कुरुवाहरुको लागि निशुल्क भोजन वितरण गरीरहेको छ ।
 
अस्पताल स्थापना भएदेखि नै उपचार गराउँन आउँने विरामी तथा उनका कुरुवाहरुको विजोग नै बन्दै गएको थियो । लकडाउनका कारण सम्पूर्ण बस्ने होटल र खाना खाने होटल बन्द हुदाँ प्रभावित भएका थिए । खाना खाने होटल, बन्द हुदाँ र लकडाउनमा सडकमा हिड्दा प्रहरीले समेत दुख दिने गरेका थिए । एकजना कुरुवाले भने, स्वंयसेवक संघले समयमै हामीलाई व्यवस्थापन गरी गरेको सराहनीय कार्यलाई हामीले कहिले विर्सन सक्दैनौ ।
चर्को घाम संगै पानी पर्दा हामीलाई बस्न समस्या भएको थियो, बाटोमै दिनरात विताउँन बाध्य थियो, उनले भने, घामपानी छेक्न स्थानियको छतको टप भित्र सहारा लिन बाध्य थियो, कुनै बेला स्थानियले कोरोना सर्ने डरले हामीलाई हेलाको दृष्टीले समेत हेर्ने गरथ्यो तर हिन्दु स्वंयसेवक संग हाम्रो लागि भगवान बनेर उभि दिएको छ ।
 
संघले बस्न राम्रो प्रबन्ध र खानाको व्यवस्थापन गर्दै आएको छ । संघले नेशनल मेडिकलको कोरोना अस्पतालमा मात्र नभई वीरगन्जको नारायणी अस्पतालका रहेको विरामी तथा कुरुवाहरु र सडक पेटीमा रहेको गरिब जनताको लागि निशुल्क भोजन वितरण तथा राहत समाग्री उपलब्ध गराउँदै आएको छ ।
यदि तपाईको सम्पर्कमा वा कही कतै कोही कोरोना संक्रमित ब्यक्ति वा परिवार छन जसलाई (औषधि, भोजन, खाद्यान्न वा अन्य कुनै पनि प्रकारको) सेवाको आवश्यकता छ भने कृपया सम्पर्क नम्बर ९८५५०२०८०८, ९८०२९२०८०८ र ९८४८९०२९५६ मा फोन गरी वा गराइदिन हुन हार्दिक अनुरोध गर्दछौ । हाम्रा अहोरात्र खटीएका स्वयंसेवकहरुले त्यसको ब्यवस्थापनमा सहयोग गर्ने छन ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ...

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...