Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

हिन्दु स्वंयसेवक संघ कोरोना प्रभावितको उद्धारमा अहोरात्र खट्दै

spot_img
spot_img
 वीरगंज । सेवा नै नारायण सेवा’ को भावलाई आत्मसात गर्दै हिन्दू स्वयंसेवक संघ नेपाल, वीरगन्ज विभाग तथा संघ विचार परिवारले कोरोना प्रभावितहरुको उद्दारमा अहोरात्र खटेर समाजमा उदाहरणिय काम गरीरहेको छ ।
 
संघका स्वंयसेवक वर्तमान अवस्थामा फैलिएको कोरोनाको महामारीको प्रर्वाह नगरी जनताको सेवाको निरन्तर लागि रहेका छन । वीरगन्जको नेशनल मेडिकल कलेज मातहातमा वीरगन्ज १६ नगवामा संचालित नेशनल मेडिकल कलेज कोरोना अस्पतालका विरामी तथा कुरुवाहरुको लागि निशुल्क भोजन वितरण गरीरहेको छ ।
 
अस्पताल स्थापना भएदेखि नै उपचार गराउँन आउँने विरामी तथा उनका कुरुवाहरुको विजोग नै बन्दै गएको थियो । लकडाउनका कारण सम्पूर्ण बस्ने होटल र खाना खाने होटल बन्द हुदाँ प्रभावित भएका थिए । खाना खाने होटल, बन्द हुदाँ र लकडाउनमा सडकमा हिड्दा प्रहरीले समेत दुख दिने गरेका थिए । एकजना कुरुवाले भने, स्वंयसेवक संघले समयमै हामीलाई व्यवस्थापन गरी गरेको सराहनीय कार्यलाई हामीले कहिले विर्सन सक्दैनौ ।
चर्को घाम संगै पानी पर्दा हामीलाई बस्न समस्या भएको थियो, बाटोमै दिनरात विताउँन बाध्य थियो, उनले भने, घामपानी छेक्न स्थानियको छतको टप भित्र सहारा लिन बाध्य थियो, कुनै बेला स्थानियले कोरोना सर्ने डरले हामीलाई हेलाको दृष्टीले समेत हेर्ने गरथ्यो तर हिन्दु स्वंयसेवक संग हाम्रो लागि भगवान बनेर उभि दिएको छ ।
 
संघले बस्न राम्रो प्रबन्ध र खानाको व्यवस्थापन गर्दै आएको छ । संघले नेशनल मेडिकलको कोरोना अस्पतालमा मात्र नभई वीरगन्जको नारायणी अस्पतालका रहेको विरामी तथा कुरुवाहरु र सडक पेटीमा रहेको गरिब जनताको लागि निशुल्क भोजन वितरण तथा राहत समाग्री उपलब्ध गराउँदै आएको छ ।
यदि तपाईको सम्पर्कमा वा कही कतै कोही कोरोना संक्रमित ब्यक्ति वा परिवार छन जसलाई (औषधि, भोजन, खाद्यान्न वा अन्य कुनै पनि प्रकारको) सेवाको आवश्यकता छ भने कृपया सम्पर्क नम्बर ९८५५०२०८०८, ९८०२९२०८०८ र ९८४८९०२९५६ मा फोन गरी वा गराइदिन हुन हार्दिक अनुरोध गर्दछौ । हाम्रा अहोरात्र खटीएका स्वयंसेवकहरुले त्यसको ब्यवस्थापनमा सहयोग गर्ने छन ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...