Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

कालिकामाईका एक जनासहित पर्साका थप ५ काेराेना संक्रमितकाे मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंजमा शुक्रबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगंजस्थित नेशनल मेडिकल कलेजकाे काेराेना अस्पतालमा उपचाररत एक जना र वीरगंज हेल्थ केयरमा उपचाररत दुई जना काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे ।

नेशनल मेडिकल कलेजमा उपचाररत वीरगंज महानगरपालिकाकाे वडा नं. ५ निवासी ७९ बर्षिय काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

बैशाख १९ गते काेराेना संक्रमित भएकी महिला बैशाख २० गते नेशनल मेडिकल कलेजकाे काेराेना अस्पतालमा भर्ना भएकी थिइन । त्यसपछि अस्पतालमा उपचाररत रहेकी महिलाकाे शुक्रबार विहान ११ बजे मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

त्यसैगरी, वीरगंज हेल्थ केयरमा उपचाररत पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी ५५ बर्षिय काेराेना संक्रमित पुरुषकाे मृत्यु भएकाे उनले जानकारी गराए ।

बैशाख २२ गते बुधबार अस्पताल भर्ना भएका पुरुषमा बैशाख २३ गते बिहिबार एन्टिजाेन पाेजिटिभ देखिएकाे थियाे । उनकाे शुक्रबार विहान ८ बजे मृत्यु भएकाे अधिकृत श्रीवस्तवले वताए ।

त्यसैगरी,  वीरगंज हेल्थ केयर मै उपचाररत वीरगंज महानगरपालिकाकाे वडा नं. ११ निवासी ५४ बर्षिय पुरुषकाे मृत्यु भएकाे छ ।

स्वास्थ्यमा समस्या देखिए पछि बिहिबार अस्पताल भर्ना भएका पुरुषमा साेही दिन एन्टिजाेन पाेजिटिभ देखिएकाे थियाे । त्यसपछि वीरगंज हेल्थ केयरकाे काेराेना अस्पतालमा उपचाररत रहेका पुरुषकाे शुक्रबार विहान मृत्यु भएकाे अधिकृत श्रीवास्तवले जानकारी गराए ।

त्यसैगरी, बिहिबार सांझ पनि वीरगंजमा उपचारत दुई जना काेराेना संक्रमितकाे मृत्यु भएकाे थियाे ।

वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचारत वीरगंज महानगरपालिकाकाे बगही निवासी ६१ बर्षिय पुरुषकाे र वीरगंज हेल्थ केयरमा उपचाररत वीरगंज महानगरपालिकाकाे वडा नं. ११ निवासी ५४ बर्षिय काेराेना संक्रमित पुरुषकाे मृत्यु भएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...