Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

नेपाल भारतको पर्सा जिल्लासँग जोडिएका सबै ग्रामीण नाका शील

spot_img
spot_img

जिराभवानी । भारतमा दोश्रो चरणको कोरोनाको संक्रमणमा वृद्धि हुने क्रम नरोकिएको हुँदा नेपाल-भारतको पर्सा जिल्लासँग जोडिएका सबै ग्रामीण सिमानाकाहरु २२ गतेदेखि शील गरिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेका अनुसार कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको हुँदा रोकथाम तथा नियन्त्रणका लागि पर्साका सबै सीमानाका शील गरिएको हाे ।

प्रजिअ घिमिरेले पर्सासँग जोडिएका बिरगंज, छपकैया, इनर्वा, भिस्वा, बुडगाई, मिर्जापुर, जानकिटोला, दसावता, पाण्डेपुर पिडाडी, महादेवपट्टि, सुबर्णपुर, बिजयबस्ती, ठोरीसहितका सबै नाका शील गरेर आवतजावत पूर्ण रुपमा रोक लगाइएको जनाए ।

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले गत आइतबार गरेको निणर्यमा पर्सा जिल्लाका कुनै पनि नाका नखुलेको उल्लेख रहेको छ । पर्सा जिल्लाको कुनै नाका नपरेकोले जिल्लाका नाकाबाट भारततर्फ आवतजावत गर्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले गत २२ गतेको जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

सीमा नाका शील गरेसँगै सिमाना क्षेत्रमा भारी संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेर निगरानी बढाइएको छ ।

खुल्ला सिमाना भएको कारण कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्नबाट रोक लगाउनको लागि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गस्ती बढाइएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...