Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

नेपाल भारतको पर्सा जिल्लासँग जोडिएका सबै ग्रामीण नाका शील

spot_img
spot_img

जिराभवानी । भारतमा दोश्रो चरणको कोरोनाको संक्रमणमा वृद्धि हुने क्रम नरोकिएको हुँदा नेपाल-भारतको पर्सा जिल्लासँग जोडिएका सबै ग्रामीण सिमानाकाहरु २२ गतेदेखि शील गरिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेका अनुसार कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको हुँदा रोकथाम तथा नियन्त्रणका लागि पर्साका सबै सीमानाका शील गरिएको हाे ।

प्रजिअ घिमिरेले पर्सासँग जोडिएका बिरगंज, छपकैया, इनर्वा, भिस्वा, बुडगाई, मिर्जापुर, जानकिटोला, दसावता, पाण्डेपुर पिडाडी, महादेवपट्टि, सुबर्णपुर, बिजयबस्ती, ठोरीसहितका सबै नाका शील गरेर आवतजावत पूर्ण रुपमा रोक लगाइएको जनाए ।

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले गत आइतबार गरेको निणर्यमा पर्सा जिल्लाका कुनै पनि नाका नखुलेको उल्लेख रहेको छ । पर्सा जिल्लाको कुनै नाका नपरेकोले जिल्लाका नाकाबाट भारततर्फ आवतजावत गर्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले गत २२ गतेको जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

सीमा नाका शील गरेसँगै सिमाना क्षेत्रमा भारी संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेर निगरानी बढाइएको छ ।

खुल्ला सिमाना भएको कारण कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्नबाट रोक लगाउनको लागि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गस्ती बढाइएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...