Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्सागढीले १५ बेडकाे अस्थायी काेभिड अस्पताल बनाउने

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगर कार्यपालिकाको वैठक बिहिबार सम्पन्न भएकाे छ । नयाँ भेरियन्टसहितकाे काेेभिड १९ रोकथाम, न्यूनिकरण तथा नियन्त्रणका लागि बैठकले विभिन्न निर्णयहरु गरेकाे छ ।

नगरपालिकाका मेयर लाेकनारायण यादवकाे अध्यक्षतामा बसेकाे बैठकले नगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण नगरबासिलाई जिल्ला भित्र कोभिड १९ को उपचारका लागि एम्बुलेन्स सेवा आवश्यक परेमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेकाे छ ।

यसका साथै बैठकले नगरपालिकाकाे वडा नं. ५ मा रहेको पंचरुखी स्वास्थ्य चौकिमा आवश्यक पूर्वाधार सहितको १५ बेडकाे अस्थाई काेभिड अस्पताल तत्काल संचालनमा ल्याउन, वडा नं १ देखि ९ सम्म होम आइसुलेश्नमा बस्ने कोभिड‘१९ पोजेटिभ तथा शंकास्पद विरामिहरुलाई चिकित्सकको परामर्श अनुसार स्थानीय जनप्रतिनिधि, स्वास्थ्य संस्थामार्फत अनुगमन गरी निःशुल्क औषधि प्याकेज उपलब्ध गराउने निर्णय गरेकाे छ ।

बैठकले आवश्यक्ता बमोजिमका थप अन्य जनमैत्री सेवा सुविधाहरुर प्रभावकारी क्रियाकलापहरुलाई क्रमिक रुपमा लागु गर्ने गराउने निर्णय समेत गरेकाे मेयर यदावले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...