Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वीरगंजमा उपचाररत ४ जना काेराेना संक्रमितकाे बिहिबार मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंजमा उपचाररत ४ जना काेराेना भाइरस संक्रमितकाे बिहिबार मृत्यु भएकाे छ । वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत ३ जना र नारायणी वायाेधा अस्पतालमा उपचाररत एक जना संक्रमितकाे मृत्यु भएकाे हाे ।

पर्साकाे जगरनाथपुर गाउँपालिका निवासी ५५ बर्षिय काेराेना संक्रमित पुरुषकाे मृत्यु भएकाे छ ।

नारायणी अस्पतालमा उपचारत पुरुषकाे बिहिबार विहान ११:३५ बजेकाे समयमा मृत्यु भएकाे अस्पतालका काेभिड संयाेजक डा. सराेज राेशन दासले वताए । बैशाख १५ गते अस्पताल भर्ना गरिएकाे उनमा साेही दिन एन्टिजाेन पाेजिटिभ देखिएकाे थियाे ।

उनमा पनि बिएल गम्भिर किसिमकाे निमाेनिया लगायतकाे स्वास्थ्य समस्या देखिएकाे थियाे ।

यस्तै, नारायणी अस्पतालमा उपचाररत राैतहट जिल्लाका दुई जना काेराना संक्रमितकाे बिहिबार नै मृत्यु भएकाे छ ।

राैतहटकाे बिजयपुर निवासी ४५ बर्षिय पुरुषकाे र फतेपुर निवासी ६० बर्षिय महिलाकाे महिलाकाे मृत्यु भएकाे नारायणी अस्पतालका काेभिड संयाेजक डा. दासले वताए ।

बिहिबार नै नारायणी अस्पतालमा ल्याइएकाे ४५ बर्षिय पुरुषमा काेभिड एन्टिजाेन पाेजिटीभ पुष्टि भएकाे थियाे । बीएल गभ्भिर किसिमकाे निमाेनिया भएकाे उनकाे बिहिबार विहान ८ बजे मृत्यु भएकाे उनले वताए ।

बुधबार नारायणी अस्पतालमा भर्ना गरिएका ६० बर्षिय महिलाकाे बहिबार विहान ११:१० बजे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । अस्पताल भर्ना गरिए कै दिन उनमा काेभिड एन्टिजाेन पाेजिटिभ देखिएकाे थियाे ।

यस्तै, वीरगंजस्थित नारायी वायाेधा अस्पतालमा उपचाररत एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

वायाेधा अस्पतालमा उपचाररत वीरगंज महानगरपालिकाकाे वडा नं. १० निवासी ८२ बर्षिय काेराेना संक्रमित पुरुषकाे मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

बहिबार नै वायाेधा अस्पतालमा भर्ना गरिएकाे उनकाे सांझ ५:५४ मा मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले वताए । बिहिबार नै उनमा काेभिड एन्टिजाेन पाेजिटिभ देखिएकाे उनले जानकारी दिए ।

यस्तै, नारायणी अस्पतालमा उपचाररत पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. १ बिश्रामपुर निवासी ४६ बर्षिय महिलाकाे मृत्यु भएकाे छ ।

बुधबार नारायणी अस्पतालमा भर्ना गरिएकाे उनमा साेही दिन काेराेना संक्रमण पुष्टि भएकाे भनिए पनि पछि उनी काेराेना संक्रमित नरहेकाे वताइएकाे छ । बहिबार अपरान्ह ४:४५ बजे मृत्यु भएकाे महिला काेराेना संक्रमित रहेकाे नारायणी अस्पतालका काेभिड संयाेजक डा. सराेज राेशन दासले जानकारी दिए पनि पछि उनले उनी काेराेना संक्रमित नरहेकाे सच्याएका छन् ।

उनमा गम्भिर किसिमकाे निमाेनिया लगायतकाे स्वास्थ्य समस्या देखिएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...