Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वीरगंजमा शुक्रबारदेखी अस्थायी कोभिड अस्पताल संचालनमा आउने

spot_img
spot_img

वीरगंज । वीरगंज माहानगरपालिकामा बैशाख २४ गते शुक्रबारदेखि अस्थायी कोभिड अस्पताल र स्वाब संकलन एकसाथ संचालनमा आउने भएको छ ।

वीरगंज महानगरपालिकाले गोपाल मण्डली धर्मशालामा स्थापना गरेकाे एक सय बेडको अस्थायी कोभिड अस्पताल र एक सय बेडको आइशोलेसन तयारी भएकोले शुक्रबारदेखि संचालनमा ल्याउने तयारी गरेको हो ।

अस्थायी कोभिड अस्पताल र आइशोलेसन तयारी भैसकेको र शुक्रबार ११ बजेपछि संचालन हुने वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।

उनले भने “सबै तयारी पूरा भएकोले शुक्रबार बिहान ११ बजेदेखि संचालन गरिने छ । गोपाल मण्डलीमा एकसय बेड सामान्य लक्षण भएका संक्रमितहरुको लागि कोभिड अस्पताल र लक्षण नदेखिएका संक्रमितको लागि एकसय बेड आईशोलेसन तयार गरिएको छ ।”

यसैबीच वीरगंज महानगरपालिकाले पीसीआर परीक्षणका लागि स्वाब संकलन पनि शुक्रबारदेखि शुरु गर्ने भएको छ ।

अस्पतालमा गएर परीक्षण गर्दा संक्रमणको सम्भावना उच्च हुने भएकाले प्रत्येक वडा वडामा गएर घुम्ती टोलीमार्फत स्वाब संकलन गर्न लागिएको नगर प्रमुख विजय कुमार सरावगीले बताए ।

परीक्षणको दायरा फराकिलो पार्न वडा वडाबाट पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने क्रममा महानगरपालिका स्वास्थ्य महाशाखाले आदर्शनगरबाट शुक्रवारदेखि सुरु गर्ने छ ।

शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म वडा नम्बर १० मा स्वास्थ्य महाशाखाको घुम्ती टोलीले स्वाब संकलन गर्ने महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख अरुण कुमार महतोले बताए ।

नारायणी अस्पतालमा संक्रमितको चाप बढेकोले महानगरपालिकाले पनि स्वाब संकलन लामो समय पछि गर्न लागेकाे उनले बताए ।

जनशक्तिको समस्या तथा केही प्राविधिक समस्या भएपनि सबै आवश्यक स्रोत साधनहरु बिहिवार बेलुकासम्म जुटाई सक्ने र शुक्रवारदेखि शुरु गर्ने महतोको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...