Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पाेखरियामा २५ बेडकाे आइशाेलेसन तयारी अवस्थामा

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकाले काेराेना भाइरस संक्रमितकाे उपचारकाे लागि २५ बेडकाे आइशाेलेसन वार्ड तयारी अवस्थामा राखेकाे छ ।  

पाेखरिया अस्पतालमा २५ बेडकाे आइशाेलेसन वार्ड तयारी अवस्थामा रहेकाे नगरपालिकाका मेयर दिपनारायण राैनियारले वताए । जस मध्ये ८ बेडकाे अक्सिजन वार्ड र १७ बेडकाे आइशाेलेसन वार्ड रहेकाे मेयर राैनियारले जानकारी दिए ।

पछि थप अवश्यकता महसुस भएकाे खण्डमा आइशाेलेसन वार्डकाे बेड संख्या थपिदै जाने उनले वताए ।

यसका साथै नगरपालिकाले संक्रमितकाे लागि निशुल्क औषधीकाे किट समेत उपलब्ध गराइने छ । नगरपालिका भित्रकाे हाेम आइशाेलेसनमा बस्ने संक्रमितकाे लागि निशुल्क औषधी उपलब्ध गराइने मेयर राैनियारले वताए ।

मेयर राैनियारले कालिका टाईम्ससंग कुरा गर्दै भने “नगरपालिकाका हाेम आइशाेलेसनमा बसेका संक्रमितहरुलाई निशुल्क औषधीकाे किट उपलब्ध गराइने छ । साथै नगरपालिकाकाे स्वास्थ्यकर्मीहरुद्वारा स्वास्थ्य परामर्श समेत दिनुकाे साथै निगरानी समेत गरिने छ ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...