Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वीरगंजमा थप ३ जना काेराेना संक्रमितकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्सामा थप ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुने तिनै जना वीरगंज महानगरपालिकाका हुन् ।

वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत वीरगंज महानगरपालिकाकाे वडा नं‍. २ छपकैया निवासी ६५ बर्षिय काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे छ ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार गम्भीर किसिमको निमोनियाबाट पिडित वृद्धको श्वासप्रश्वासमा समस्या आउँदा मृत्यु भएको हो । 

स्वास्थ्यमा समस्या भएपछि वृद्धलाई बैशाख १६ गते उनको परिवारका सदस्यले अस्पताल भर्ना गराएका थिए । अस्पताल भर्ना गर्दा काेराेनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अर्को दिन आरटी-पिसिआर प्रविधि मार्फत उनको थ्रोट स्वाबलाई परिक्षण गर्दा काेराेना पुष्टि भएको थियो । 
 
कोभिड पुष्टि भएसँगै उनलाई अस्पतालस्थित आईसीयू कक्षमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै बुधबार विहान ८:१० बजे मृत्यु भएको डा. दासले बताए । वृद्धमा देखिएको निमोनियाका कारण उनको छातीको दुवै फोक्सोमा समस्या देखिएको डा. दासले जानकरी दिए ।

यस्तै, वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १६ निवासी ६३ बर्षिय पुरुष संक्रमितकाे मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ । उनकाे स्वास्थ्यमा समस्या देखिएपछि बैशाख २० गते साेमबार नेशनल मेडिकल कलेजमा भर्ना गरिएकाे थियाे ।

उनमा काेराेनासंग मिल्दाेजुल्दाे लक्षण देखिएपछि मंगलबार गरिएकाे पिसिआर परिक्षणमा काेराेना पाेजिटिभ देखिएकाे थियाे । त्यसपछि नेशनल मेडिकल कलेजकाे काेराेना अस्पतालमा राखेर उपचार गर्ने क्रममा मंगलबार राती नै ११ बजे मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले वताए ।

यस्तै, वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा उपचाररत एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बैशाख १० गतेदेखि कोरोना पुष्टि भएर अस्पतालमा उपचाररत ७० वर्षीय वृद्धको सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय कुमार श्रीवास्तवका अनुसार मृतक पुरुष वीरगंज महानगरपालिका वडा नम्बर १६ का बासिन्दा हुन् । उनको गएराति उपचार गर्दागर्दै साढे ८ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत श्रीवास्तवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...