Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

गाउँपालिका अध्यक्ष कुशवाहाकाे अन्त्येष्टि

spot_img
spot_img

आलाेक कुशवाहा/
भिस्वा । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहको अन्त्येष्टि सम्पन्न भएकाे छ ।

कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी ७९ वर्षीय कुशवाहको शुक्रबार दिउसाे धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएकाे हाे । उनकाे जेठाे छाेरा इन्दु भुषण कुशवाहाले दागबती (आगाे) दिएका थिए । 

भेडिहारीस्थित श्री सुकई साह मावि स्कुल नजिक रहेकाे उनकाे आफ्नै खेतमा अन्त्येष्टि गरिएकाे थियाे ।

अन्त्येष्टिमा पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियार, मिर्जापुरका पूर्ब गाबिस अध्यक्ष चंजीत कुशवाहा, नेपाल संघिय समाजवादी पार्टीका नेता इमादद गद्दी, अमिका पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

अध्यक्ष कुशवाहाकाे शुक्रबा बिहान २ बजे वीरगंजस्थित डेराकाे घरमा निधन भएको थियाे । ज्वरो र रुघाखोकी लागेपछि कुशवाह एक सातादेखि वीरगंस्थित घरमै बस्दै आएका थिए । छोरा डा. दिलीप कुशवाहले उनको उपचार गरिरहेका थिए ।

स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि बिहान अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियाे ।

नेपाल संघिय समाजवादी पार्टीमा आवद्ध रहेका कुशवाहा जनता दलकाे चुनाव चिन्हले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...