Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा आगलागी, ४ बर्षिय बालिकासहित ३ घाइते

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा बिहिबार एक किराना पसलमा आगलगी हुँदा ३ जना घाइते भएका छन् ।

स्थानिय रुपेश साहकाे किराना पसलमा भएकाे आगलगीमा परी एक ४ बर्षिय बालिकासहित ३ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

घाइते हुनेमा पसल संचालक रुपेशकाे ४ बर्षिय छाेरी अर्पणा कुमारी, साेही ठाउँ निवासी हरिकिशाेर चाैरसियाका १४ बर्षिय छाेरा प्रमेशवर चाैरसिया र जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मिपुर निवासी ४० बर्षिय श्यामसुन्दर चाैहान रहेका छन् ।

घाइतेहरुकाे वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेकाे इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ । घाइते मध्ये अर्पणा अवस्था गम्भिर रहेकाे छ ।  आगलागीले करिब ३ लाख बराबरकाे क्षति भएकाे जनाइएकाे छ ।

स्थानियका अनुसार पेट्राैलले आगलागी भएकाे हाे भने प्रहरीले आगलागीकाे कारण खुल्न नसकेकाे जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...