Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वीरगंजमा उपचाररत ३ जना काेराेना संक्रमितकाे एकैदिन मृत्यु

spot_img
spot_img

बीरगंज । कोरोना संक्रमणको उच्च जोखिममा रहेको वीरगंजमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत २ जना र नारायणी वयोद्या अस्पतालमा उपचाररत १ जना गरी ३ जनाको साेमबार मृत्यु भएको हो ।

सोमवार बिहान साढे ९ बजे नारायणी अस्पतालमा उपचाररत बीरगंज महानगरपालिका वडा नम्बर ६ आदर्शनगर निवासी ६० वर्षीय बृद्धको मृत्य भएकाे अस्पतालका काेभिड संयाेजक डा. सराेज राेशन दासले वताए । बैशाख २ गते पिसआर रिपोर्ट पोजेटिभ आएपछि ३ गते नारायणी अस्पतालमा भर्ना भएका बृद्ध थाइराइड, गम्भिर निमोनिया र हृदयघाटबाट पनि ग्रसित रहेका थिए ।

त्यस्तै, नारायणी  अस्पतालमा उपचाररत पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ७ निवासी ४५ वर्षीय काेराेना संक्रमित महिलाको पनि साेमबार सांझ ६ बजे मृत्यु भएको डा. दासले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि बैशाख १२ गते नारायणी अस्पतालमा भर्ना भएकी ति महिलाको बैशाख १३ गते एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो ।

गम्भिर किसिमको निमोनियाबाट समेत पिडित महिलाको सोमवार बेलुका ६ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिए ।

यसैविच, नारायणी वयाेधा अस्पतालमा उपचाररत वीरगंज महानगरपालिका वडा नम्बर ८ पानीट्यांकी निवासी ३८ वर्षीय काेराेना संक्रमित महिलाको पनि मृत्यु भएकाे छ ।

बैशाख १० गते गरिएको पिसिआर परिक्षणमा रिपोर्ट पोजेटिभ आएकाे महिलाकाे सोमवार बेलुका पौने ६ बजे उपचारकाे क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले वताए ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमवार दिउँसो नारायणी वयोद्या अस्पताल गण्डकमा उनलाई भर्ना गरिएको पारिवारीक स्रोतले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...