Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

पर्साकाे ग्रामिण भेगका विद्यालयहरु पनि बन्द

spot_img
spot_img

वीरगंज । काेभिड १९ काे संक्रमण दिन प्रति दिन तिब्र रुपले बढदै गएपछि पर्साकाे ग्रामिण भेगका विद्यालयहरु पनि बन्द भएका छन् । पालिकाहरुकाे निर्देशनमा विद्यालयहरु बन्द हुनुकाे साथै संचालनमा रहेकाे परिक्षाहरु पनि स्थगित भएका छन् ।

पाेखरिया नगरपालिकाले साेमबार एक सूचना जारी गर्दै बैशाख १४ गते मंगलबारदेखी अक्राे सूचना नहुन्जेल सम्म नगरपालिका भित्रकाे सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएकाे जनाएकाे छ ।

नगर प्रमुख दिपनारायण प्रसाद राैनियारद्वारा हस्ताक्षरित सूचनामा काेभिड १९ काे संक्रमण दिन प्रति दिन बढ्दै गएकाे गइरहेकाे अवस्थालाई मध्यनजर गर्दै विद्यालयहरु बन्द गरिएकाे जानकारी गराइएकाे छ ।

यस्तै, जिराभवानी गाउँपालिका साेमबार एक सूचना जारी गर्दै गाउँपालिका भित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरु बन्द गरिएकाे जनाएकाे छ ।

प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताद्वारा हस्ताक्षरित सूचनामा नेपाल सरकारकाे सिसिएमसि सचवालयकाे बैशाख १२ गतेकाे प्रेस विज्ञप्तीमार्फत अर्काे आदेश नभए सम्मका लागि देशभरका विद्यालयहरुमा हुने पठन-पाठन, परिक्षा लगायतका कार्यहरु हाललाई स्थगित गर्ने निर्णय भएकाेले यस गाउँपालिका क्षेत्र भित्रका सबै सामुदायिक तथा निजि विद्यालयहरु समेत अक्राे सूचना नभए सम्मकाे लागि पठन-पाठन तथा परिक्षा लगायतका कार्यहरु सूचना प्रकाशित कै मितिबाट लागु हुने गरि जानकारी गराइएकाे छ ।

यस्तै, छिपहरमाई गाउँपालिकाले पनि बैशाख १२ गते आइतबारदेखी संचालनमा रहेकाे कक्षा ६ देखी ९ सम्मकाे परिक्षा स्थगित गरेकाे छ ।

काेभिड १९ काे संक्रमणमा पर्सामा पनि दिनप्रति दिन बढ्दै गएकाेले र नेपाल सरकारले समेत विद्यालयहरु बन्द गर्न निर्णय गरे अनुसार बैशाख १४ गते साेमबारदेखी संचालनमा रहेकाे सबै परिक्षा अक्राे सूचना नहुन्जेल सम्मकाे लागि स्थगित गरिएकाे छिपहरमाई गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद साहले वताए ।

छिपहरमाईले यस अघि नै बैशाख ८ गते अक्राे सूचना नभए सम्म कक्षा १ देखि ५ सम्मकाे पठन-पाठन बन्द गरी विद्यार्थीहरुकाे आन्तरिक मूल्यांकनद्वारा कक्षा थप गर्न व्यावस्था गर्न निर्देशन दिएकाे थियाे ।

यस्तै, सखुवा प्रसाैनी गाउँपालिकाकाे पनि सबै विद्यालयहरु साेमबारदेखी बन्द भएका छन् ।

काेभिड १९ काे संक्रमण दिन प्रति दिन तिब्र रुपले बढदै गइरहेकाेले सबै विद्यालयकाे पठन-पाठन र परिक्षा बैशाख १३ गते साेमबारदेखी अक्राे सूचना नहुन्जेल सम्मकाे लागि बन्द गरिएकाे गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले वताए ।

यस्तै,  पकहा मैनपुर र कालिकामाई गाउँपालिकाले सबै सामुदायिक तथा निजी विद्यालयहरुकाे पठन-पाठन बन्द गर्न र संचालनमा रहेकाे परिक्षा अक्राे सूचना नहुन्जेल सम्मकाे लागि स्थगित गर्न निर्देशन दिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...