Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

अनेरास्ववियू (क्रान्तिकारी) पर्साकाे जिल्ला समिति गठन

spot_img
spot_img
वीरगंज । नेकपा (माओबादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) पर्सा जिल्ला समितिकाे बिस्तारित बैठक साेमबार सम्पन्न भएकाे छ ।
 
वीरगंज दरबारमा बसेकाे बैठकले कबिराज पटेलकाे संयाेजकत्वमा ५१ सदस्यीय जिल्ला समिति गठन गरेकाे छ । नवगठित जिल्ला समितिकाे सह संयाेजकमा संदीप बिक्रम साह र एहसान अंसारी रहेका छन् ।
 
यस्तै बैठकले अनेरास्ववियूकाे वीरगंज महानग़र कमिटीको संयाेजकमा विवेक साह, सह संयोजकमा रामबाबू मण्डल र सोयब आलम र मिराेज अहमदलाई चयन गरेकाे छ ।
 
यस्तै बैठकले ठाकुराम बहुमुखी क्यामपसको संयाेजकमा अभिषेक ठाकुर र सह संयोजकमा समसेद अंसारीलाई चयन गरेकाे छ ।
 
अनेरास्यववियूकाे केन्द्रीय सदस्य एवम् पर्सा ज़िल्ला इन्चार्ज जुबेर आलमको अध्यक्षता र अनेरास्ववियूका केन्द्रीय सचिव एवम् प्रदेश २ का संयाेजक सूर्यनारायण साहको प्रमुख आथित्यतामा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
 
साे बैठकमा नेकपा माओबादी केन्द्र पर्साका अध्यक्ष बिजय महतो, प्रदेश कमिटी सदस्य रामदरस कुशवाहा, अनेरास्ववियूका केन्द्रीय सदस्य एवम् प्रदेश नं. २ का सह संयोजक प्रभाकर गुप्ता पूजन सिंह, केन्द्रिय सदस्य शिवम् साह, इशक कुमार लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...