Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

अनेरास्ववियू (क्रान्तिकारी) पर्साकाे जिल्ला समिति गठन

spot_img
spot_img
वीरगंज । नेकपा (माओबादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) पर्सा जिल्ला समितिकाे बिस्तारित बैठक साेमबार सम्पन्न भएकाे छ ।
 
वीरगंज दरबारमा बसेकाे बैठकले कबिराज पटेलकाे संयाेजकत्वमा ५१ सदस्यीय जिल्ला समिति गठन गरेकाे छ । नवगठित जिल्ला समितिकाे सह संयाेजकमा संदीप बिक्रम साह र एहसान अंसारी रहेका छन् ।
 
यस्तै बैठकले अनेरास्ववियूकाे वीरगंज महानग़र कमिटीको संयाेजकमा विवेक साह, सह संयोजकमा रामबाबू मण्डल र सोयब आलम र मिराेज अहमदलाई चयन गरेकाे छ ।
 
यस्तै बैठकले ठाकुराम बहुमुखी क्यामपसको संयाेजकमा अभिषेक ठाकुर र सह संयोजकमा समसेद अंसारीलाई चयन गरेकाे छ ।
 
अनेरास्यववियूकाे केन्द्रीय सदस्य एवम् पर्सा ज़िल्ला इन्चार्ज जुबेर आलमको अध्यक्षता र अनेरास्ववियूका केन्द्रीय सचिव एवम् प्रदेश २ का संयाेजक सूर्यनारायण साहको प्रमुख आथित्यतामा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
 
साे बैठकमा नेकपा माओबादी केन्द्र पर्साका अध्यक्ष बिजय महतो, प्रदेश कमिटी सदस्य रामदरस कुशवाहा, अनेरास्ववियूका केन्द्रीय सदस्य एवम् प्रदेश नं. २ का सह संयोजक प्रभाकर गुप्ता पूजन सिंह, केन्द्रिय सदस्य शिवम् साह, इशक कुमार लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...

वीरगंजको अलौमा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएको ९.५ किलो चरेस बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा करिब ९.५ किलो चरेसजस्तो देखिने पदार्थ बरामद गरेको छ...