Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

सुरक्षित वैदेशिक राेजगारी सम्बन्धि संचारकर्मीहरुसंग अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । सुरक्षित वैदेशिक राेजगारी सम्बन्धि संचारकर्मीहरुसंगकाे अन्तरक्रिया कार्यक्रम बिहिबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंज महानगरपालिका, हेल्भेटास नेपाल र दिब्य युवा क्लबको आयोजनामा संचालित सुरक्षित आप्रवाशन परियोजना (सामी) अन्तर्गत भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा वाेल्दै हेल्भेटासका प्रदेश नं. २ का परियाेजना संयाेजक विजय ठाकुरले  देश मै राेजगारी सृजना नभए सम्म वैदेशिक राेजगारीमा जाने क्रम नराेकिने  वताए । उनले वैदेशिक राेजगारी आजकाे बाध्यता भएकाे वताउँदै स्वदेश मै राेजगारी सृजना नभए सम्म नराेकिने वताए ।

उनले भने “सकेसम्म वैदेशिक राेजगारीमा जानु नै हुँदैन्, जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जानुपर्छ ।” यसै सम्बन्ध वैदेशिक राेजगारीमा जाने युवाहरुकाे लागि सूचना तथा परामर्श सेेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयहरुमा आप्रवासी स्राेत केन्द्र संचालन ल्याइएकाे वताए ।

कार्यक्रम अधिकृत शिवचरण प्रसाद रौनियारले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउने उद्देश्यले परियोजना संचालन गरिएकाे वताए ।

उनले परियाेजना बारे प्रस्तुती गर्दै वैदेशिक राेजगारमा धेरै शुल्क तिरेर जानु परेकाे, अलपत्र पर्ने, जानी नजानी अवैध क्रियाकलापमा सलंगन हुनु पर्ने जस्ता समस्याहरु रहेकाे वताए ।

त्यसैले वैदेशिक राेजगारमा जानु अघि कानुनी व्यवस्थाको बारेमा थाहा पाउन जरुरी रहेकाे वताए ।

परियाेजनाकाे लक्ष्य वैदेशिक राेजगारमा रहेका नेपाली कामदार र तिनका परिवार राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मुलुकमा मर्यादित कार्य वातावरणबाट लभान्वित हुने रहेकाे उनले जानकारी गराए ।

उनले परियाेजना अन्तर्गत वैदेशिक राेजगारमा जानेकाे संख्या घटाेस भन्ने उद्देश्यले वित्तिय साक्षरता कार्यक्रम समेत संचालन गरिएकाे वताए ।

नेपाल पत्रकार महासंघका पर्साका कार्य समिति सदस्य अमित अग्रवालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा दिव्य युवा क्लबकी वित्त तथा प्रशासन अधिकृत कल्पना कुर्मी, मनाेसमाजिक परामर्शकर्ता निर्मला भण्डारी, वितिय साक्षरता सहजकर्ता सुनिल कुमार लगायत पर्सेली संचारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे कार्यक्रमकाे सहजिकरण परियाेजना संयाेजक जयनारायण चाैधरीले गरेका थिए ।

नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजना (सामी–तेस्रो चरण) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहहरूको व्यवस्थापन तथा कार्यान्वनमा पर्साकाे वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसाैनी गाउँपालिका र ठाेरी गाउँपालिकामा परियोजना सञ्चालनमा छ ।

पर्सामा परियाेजना संचालनकाे लागि परामर्श सेवा दिव्य युवा क्लबले दिइरहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ...

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...