Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

सांस्कृतिक रुपले नेपाल हिन्दु राष्ट्र कायम छ : महामन्त्री पराण्डे

spot_img
spot_img

वीरगंज । विश्व हिन्दु परिषदका अन्तराष्ट्रिय महामन्त्री मिलिन्द पराण्डेले नेपाल राजनितिक रुपले नभए पनि सांस्कृतिक रुपले हिन्दु राष्ट्र कायम नै रहेको बताएका छन् ।

विश्व हिन्दु परिषद नेपालले बिहिबार वीरगन्जमा आयोजना गरेको परिच्यात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, नेपाल कहिले पनि धर्मनिरपेक्ष देश हुन सक्दैन, यहाँका राजनितिक दलका नेताहरुले क्षणिक स्वार्थका लागि कागजमा मात्र धर्मनिरपेक्ष लेखेका छन तर नेपाल अहिले पनि हिन्दु राष्ट्र नै छ ।

महामन्त्री पराण्डेले मुख्यगरी चार कारणले हिन्दुलाई कमजोर पार्ने खेल भईरहेको वताए । उनले ईसाईको प्रचारबाजी र धर्मान्तरण, ईस्लामीक आतंकबादी, कुनै धर्ममा विश्वास नहुने लहर र पश्चिमी भोगदावी शैली भित्रिनाले हिन्दुलाई कमजोर बनाउँन हिन्दुमाथि प्रहार भईरहेको बताए ।

पाकिस्तान र बंगलादेशमा हिन्दुहरुमाथि संकटको अवस्थामा रहेको छ । त्यहाँ अस्तीत्वको संघर्ष हुँदै आएको छ । त्यहाँका न्यायपालिका मुस्लीमकै छ, दिनहुँ हिन्दुमाथि अन्या अत्याचार बढेपनि हिन्दुवासी संगठन खुलेर काम गर्न सकेको छैन । चौतर्फी रुपमा हिन्दुमाथि नै प्रहार गर्ने काम भईरहेको छ ।

जुन ठाउँमा मुस्लीम अवादी बढेको छ, त्यो ठाउँमा जव जिहाद, चेलीबेटी बेचविखन, गौहत्या र मुस्लीम तुष्टीकरणको राजनितिक बढदै गएको छ । ईसाई मिसेनरीले पनि समाजको गरिब स्तरका व्यक्तिहरुलाई ललाई पखाई झुक्याएर धर्मान्तरण गरी पश्चिमी भोगबादको प्रभाव बढाएको छ जसले गर्दा हिन्दु आफनो संस्कारबाट टाढा हुदै गएको छ ।

हिन्दु समाज भित्र पनि विभिन्न दोष लागिरहेको छ । उनले भने, हिन्दु समाजको तत्वज्ञान सर्वोश्रेष्ठ छ तर तत्वज्ञान भन्दा धेरै टाढा हामी गईरहेका छौं । जातिय छुवाछुट, भेदभाव, जातिय भाषा, सम्प्रदायको अंहकारले गर्दा एक हिन्दुले अर्को हिन्दु संगको व्यवहार गलत गर्ने गरेका छन । यी कुरा धर्मतत्वज्ञान विपरित भएपनि समाजिक कुरुती हाम्रो समाजमा स्थापित भईसकेको छ । यसबाट मुक्त बनाउँन सम्पूर्ण हिन्दु एकजुट हुनुपर्छ ।

विघटित हिन्दुलाई संगठित बनाउँन, म हिन्दु हुँ भन्ने क्षीण रहेको भावलाई स्वाभिमानका साथ कसरी आत्मसाथ गरेर अगाडी बढ्न सकिन्छ त्यस विषयमा गहन रुपमा लाग्नु पर्छ । हिन्दुको जीवन मुल्यलाई पुनप्रस्तावित कसरी गर्न सकिन्छ त्यसतर्फ लाग्न अहिलेको मुख्य उदेश्य रहेको उनले बताए ।

उनले भने “महामन्त्री पराण्डेले हिन्दु समाजको धार्मिक व्यवस्था कायम राख्न साँधु सन्त, मठमन्दिर, अर्चक पुजारी, पर्वत्योहार, यात्रालाई शक्ती केन्द्रको रुपमा प्रज्वलीत गरेर यसकै आधारमा हिन्दु समाज एक सुत्रमा बाँधिराख्न प्रेरित गर्नुपर्छ ।”

हाम्रो समाजभित्र लुकेर रहेको भित्रि दोषलाई अन्त्य गरी बाहिरी आक्रमण जडवादी कम्युनिष्ट सोच, इसाई मेसिनरीको, ईस्लामिक आतंककारी, गौ हत्या, जव जिहाद, पश्चिमी प्रभावको रक्षा गर्नु समाजको मुख्य काम रहेको हुनाले हिन्दु हिन्दुको भावले खडा भएमात्र यो सम्भव रहेको उनले बताए ।

अहिले कम्युनिष्ट र इसाईले जनगणनाको नाममा हिन्दुलाई बाटने काम गरीरहेको छ । १० बर्ष पहिला भएको जनगणना फर्ममा धर्मलाई चार वटा खण्डमा विभाजन गरिएको थियो । तर २०७८ को जनगणना फर्ममा हिन्दुलाई विभाजन गर्न १२ वटा खण्डमा बनाईएको छ हिन्दुको जनसंख्या ६० प्रतिशत भन्दा कम देखाउँन पश्चिमी शक्ति लागि परेको उनले बताए ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं हिन्दु स्वयंसेवक संघ पर्साका संस्थापक माधव राजपालले नेपाल प्रवासमा रहेका परिषदका अन्तराष्ट्रिय महामन्त्री मिलिन्द पराण्डेलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।

हिन्दु स्वंयमसेवक संघका जिल्ला कार्यवाह ललन द्धुवेद्धीको संयोजगत्वमा सम्पन्न परिच्यात्मक कार्यक्रममा विश्व हिन्दु परिषद नेपालका महामन्त्री प्रहलाद रेग्मी, संघका नगरकार्यवाह रामलखन यादव, विश्व हिन्दु परिषद वीरगन्ज महानगर उपाध्यक्ष कृष्णमोहन सहाय लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...