Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

सातो माई मन्दिरकाे नेता पटेलद्वारा अनावरण

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे वडा नं. २ पिपरास्थित सातो माई मन्दिरको मंगलबार एक समारोहका बिच जनता समाजबादी पार्टी का केन्द्रिय सदस्य शिव पटेलले अनावरण गरेका छन् ।

एतिहासिक सातो माईको मन्दिर जीर्ण भए पश्चात पर्सा क्षेत्र न. २ (ख) का प्रदेश सांसद रमेश प्रसाद कुर्मीकाे संसदीय बिकास कोषबाट रु पाँच लाख र बहुदरमाई नगरपालिका वडा नं.२ का वडाध्यक्ष जितेन्द्र पटेलकाे वडा स्तरिय बजेटबाट रु दस लाखको लागतमा पर्खालसहितको मन्दिर निर्माण भएको हो ।

बहुदरमाई नगरपालिकाकाे वडा न.२ का वडाध्यक्ष जितेन्द्र पटेल र जसपा पर्साका सचिव राजेश साहकाे बिशेश उपस्तिथिमा स्थानिय भद्रभलादीहरुको भब्य सहभागितामा बिशेश धार्मिक अनुस्ठान गरि माताको प्राण प्रतिशठान भएको पुजामा सहभागी जसपा बहुदरमाई नगरपालिकाका नगर अध्यक्ष कृष्ण यादवले बताए ।

बहुदरमाई नगरपालिकाका प्रख्यात पुरोहित केदार पंडित नेतृत्वमा सम्पन्न पुजा बेदिमा श्रीमान श्रीमती महेन्द्र प्रसाद सिंह बसेका थिए । पुजकाेे हवनमा गाउँका सयाैं जनाकाे सहभागीता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...