Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्साका थप ७६ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा थप ७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

वीरगञ्जस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा १ सय ४० जनाको थ्रोट स्वाबको नमुनालाई आरटी-पीसीआर प्रविधिबाट परिक्षण गर्दा ३६ महिलासहित ९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये पर्साका ७६ जना, बाराका ९ जना, सर्लाहीका ३ जना, रौतहट, सप्तरी र मकवानपुर एक/एक जना रहेकाे नारायणी अस्पतालले जनाएकाे छ ।

पर्सा जिल्लामा सङ्क्रमित भएका मध्ये अधिकांश सदरमुकाम वीरगंज महानगरपालिकाकाे विभिन्न वडाका बासिन्दा रहेका छन् । 

वीरगंजका कुल ६८ जनामा कोरोना सङ्क्रमण देखिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । अन्य सङ्क्रमितहरु पर्साको बहुदरमाई नगरपालिका, सखुवाप्रसाैनी गाउँपालिका, जगरनाथपुर् गाउँपालिका र विन्दवासिनी गाउँपालिकाका रहेको डा. दासले बताए ।

वीरगञ्जकामा थपिएका सङ्क्रमितहरु वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६,  २२, २४, र ३० का बासिन्दा हुन् ।

थपिएका ९१ जना सङ्क्रमितहरुमा ६ वर्षीय बालकदेखि ७९ वर्षीय वृद्धपनि रहेका छन् । उनीहरुको सिटि भ्यालु १४.२ देखि ३५.५ रहेको डा. दासले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...