Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026

परवानीपुरमा संचालित किशोरी संवाद कार्यक्रम वडाहरुलाई हस्तान्तरण

वीरगंज । पर्सा र बारामा संचालित किशोरी संवाद कार्यक्रम यही अप्रील ३० तारीखबाट सम्पन्न हने निश्चित भएको छ । पर्साको वीरगंज महानगरपालीका वडा नं. २९ र बाराको परवानीपुर गाउँपालिकाको ५ वटै वडामा संचालित कार्यक्रम सम्पन्न हने निश्चित भएको हो ।

- Advertisement -

युरोपियन युनियनको आर्थिक सहयो र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाद्वारा संचालित किशोरी संवाद कार्यक्रमको परियोजना सम्पन्न हुन लागेको किशोरी संवाद कार्यक्रमका कार्यालय प्रमुख भिम कुमार राईले वताए ।

चाइल्ड नेपाल र संरक्षण नेपालको सहकार्यमा ३ बर्षदेखी संचालित कार्यक्रम सम्पन्न हुन लागेको उनले जानकारी दिए ।

सोही कार्यक्रमको उपलब्धि समिक्षा र दिगो व्यवस्थापन तथा हस्तान्तरण कार्यक्रम बाराको परवानीपुर गाउँपालिका वडा नं. ३ लिपनीमालमा मंगलबार सम्पन्न भएको छ । उज्जवल किशोरी संवाद केन्द्र लिपनीमालमा भएको कार्यक्रममा परवानी गाउँपालिकाको सबै वडामा संचालित किशोरी तथा किशोरी संवाद केन्द्रहरु सम्बन्धित वडा कार्यालयहरुलाई हस्तान्तरण गरिएको थियो ।

किशोरी संवाद कार्यक्रमका कार्यलय प्रमुख भिम कुमारको अध्यक्षता र परवानीपुर गाउँपालिकाको वडा नं. २ का वडाध्यक्ष इशवरी प्रसाद शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा परवानीपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष मिश्री महतो, वडा नं. ३ का वडाध्यक्ष अनिल राम, वडा नं. ४ का वडाध्यक्ष गजेन्द्र पटेल, वडा नं. ५ का वडाध्यक्ष रामइस्वर साह लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्षहरुले कार्यक्रमले परिवर्तन गर्न सफल भएको प्रमुख उपलब्धीहरुको बारेमा प्रसंसा गरेका थिए ।

मन्तब्यको क्रममा परवानीपुर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष रामेश्वर शाहले कार्यक्रमले मेरो वडामा बाल बिवाहको सवालमा ठुलो आंधी बेहरीनै ल्याएको वताए । जसले गर्दा अहिले कुनै पनि अभिभावकहरुले आफनो छोरा छोरीको बाल बिवाह गर्ने हिमत पनि गदैनन र मैले पनि बाल बिवाह जस्तो प्रथालाई एकदम नजिक बाट नियाली रहेको वताए ।

त्यस कै लागि आफुले जन्म दर्ता जस्ता कुराहरुलाई पनि नजिकबाट अध्ययन गरिरहेको उनले वताए ।
वडा नं. ४ वडाध्यक्ष गजेन्द्र पटेलले कार्यक्रमबाट केही पनि बोल्न नसक्ने किशोरीहरु बोल्न सक्ने, बिधालयको पढाइलाई निरन्तरता दिने, बाल बिवाह बिरुद्धको आवज उठाई सबैलाई सम्झाई बुझाई गरी रोक्न सफल भएको वताए । आफुले यसलाई एउटा ठुलो उपलब्धीको रपमा लिएको वताए ।

त्यस्तै अन्य वडाध्यक्षहरुले कार्यक्रमको यत्ती छोटो अवधीमा पनि किशोरीहरुले सोचे भन्दा पनि धेरै उपलब्धी भएको, संवादको उदेश्य पुरा भएको पाएको वताए ।

कार्यक्रममा किशोरीहरुको संजाल तथा समूहलाई हामी अपनत्व लिन्छौ भन्दै वडाध्यक्षहरुले संजाल, वडा र संस्था बिचमा सहमति पत्रमा समेत हस्ताक्षर गरी ३ वटै समुहले लिने दिने कार्य सम्पन्न भएको थियो ।

कार्यक्रममा संरक्षण नेपालका बोर्ड सदस्य प्रभु मंडलको पनि उपस्थिती रहेको थियो । उनले मन्तब्यमा मार्फत संस्थाले अत्यन्तै राम्रो कार्य गरेको किशोरीहरुको मन्तब्य सुन्दा पाएको वताए ।

किशोरी संवादका कार्यलय प्रमुखले आ आफना वडामा हरेक बर्ष एक÷एक वटा संवाद केन्द्र स्थापना गर्न सकेमा किशोर किशोरीहरुमा ठुलो उपलबधी गर्न सक्ने, बाल बिवाह, दाइजो प्रथा, जातीय छुवाछुतमा कमी आउने, बिद्यालयमा निरन्तरता हुने भनी संवाद संचालन गर्न अनुरोध गरे ।

कार्यक्रममा महिला तथा बाल बालीका इकाइका प्रमुख निलम शाहले आफ्नो भनाई राख्दै वडाध्यक्षहरुले महिला हिंसा सम्बनधीका कुराहरु, बाल बालीकाका सवालहरुलाई पनि मुख्य रुपमा काम गर्न सुझाइन । उनले आफ्नो उमेर हाल २७ बर्ष भएको वताउदै आफ्नो परिवारले बाल बिवाह नगरी दिएको जस्ले गर्दा मैले आज यो पोजीसनमा हुने अवसर पाएको वताइन । तसर्थ तपाइहरुले पनि आफनो छोरा छेरहिरुको बाल बिवाह नगरी दिन हुन अनुरोध गरिन ।

कार्यक्रममा संस्थाका सिनीयर संवाद अधिकृत युवराज कार्की, बित्त अधिकृत रबिन भण्डारी, संवाद अधिकृत प्रकाश पाण्डेको समेत उपस्थिीत रहेको थियो भने कार्यक्रमको संचालन सुनेश्वर प्रशाद शाह र उमा राय माझीले गरेका थिए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपालीलाई क्यासिनो प्रवेश रोक्न पर्यटन विभागको निर्देशन

वीरगंज । नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई खेल खेलाएको गुनासो बढ्न थालेपछि पर्यटन विभागले पर्सासहित विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई कडा निगरानी गर्न निर्देशन...

अधिवक्ता स्वेता सरितलाई अर्चना गुप्ता स्मृति पुरस्कार प्रदान गरिने

वीरगंज । गैरसरकारी संस्था महासंघ नेपाल पर्साद्वारा स्थापित “स्वर्गीय अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार” यस वर्ष पर्साको पोखरिया नगरपालिका–४ निवासी अधिवक्ता स्वेता सरितलाई...

किन भयो हरिखेतान क्याम्पसमा लज्जास्पद घटना ? जिम्मेवार को ?

वीरगंज । वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा लामो समयदेखि चल्दै आएको विवाद बिहीबार दुर्व्यवहार र कुटाकुटको घटनामा परिणत भएको छ । क्याम्पस परिसरमै शिक्षकहरूबीच हातपात...