Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

“बोलअ अब का करीं ?” भिडियाे गीतकाे विमाेचन

spot_img
spot_img

वीरगंज । जेंवनाको दोस्रो प्रस्तुती “बोलअ अब का करी ?’’ भिडियो गीतको सोमबार एक कार्यक्रमको बिच बिमोचन गरिएको छ । भिडियो गीत जेंवनाको युवटियुबमा कार्यक्रमका प्रमुख अतिथी साहित्यकार एवम् उद्योग वाणिज्य महासंघ प्रदेश नं. २ का अध्यक्ष गणेश लाठले बिमोचन गरेका थिए ।

गीतको बिमोचन गर्दै साहित्यकार लाठले कुनै पनि सफलताको लागि अनुशासन र निरन्तरता जरुरी रहेको बताए । उनले सपना ठुलो देख्नु पर्ने बताउँदै सो सपना पुरा गर्नको लागि मेहेनत, लगनशिलता र निरन्तरता जरुरी रहेको धारणा राखे ।

बिगतका दिनहरुमा ‘जेंवना’ नामक फेसबुक पेजबाट भोजपुरिको धरोहरका रूपमा रहेको लोकगित, लोकधुन, परम्परा, संकृतीहरू बारे नियमित भिडियो बनाई छोटो समयमा राम्रो नाम कमाएका समुह अब भोजपुरी समाजमा रहेको दुख, पिडा, माया प्रेम बारे सांगीतिक माध्यमले अगाडि बढने संकल्पका साथ अगाडि बढिरहेको ति समुहका संरक्षकसमेत रहेका गीतका निर्देशक राकेश यादवले बताए ।

वीरगंजका श्याम सरार्फद्वारा लिखित, छोटु राजको आवाजमा, सुमन बाबा र रेबिका अभिनीत भिडियो गीतका निर्माता राजन श्रीवास्तव छन् भने बिवेक परियारले आफ्नो संगितले सजाएका छन् ।

जेंवना भोजपुरिया सनेसाका प्रस्तावित अध्यक्ष समेत रहेका गीतका लेखक श्याम सर्राफको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा गायक छोटु राजा, नेवि संघका नेता विकास तिवारी, संगितकार गौरीशंकर कुशवाहा, पत्रकार संतोश साह लगायतको उपस्थिती रहेको थियो ।

नेपाल पोष्ट डेलीको कार्यालयमा भएको कार्यक्रममा स्वागत मन्तव्य निर्देशक राकेश यादव एवम् संचालन पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

जेंवनाले तयार गरेको भिडियो गितको निर्माता, निर्देशक, गायक, गीतकार, संगितकार, कलाकार लगायत सबै स्थानीय नै हुन् ।

भोजपुरी समाजमा र गाउँघरको लभ स्टोरीमा आधारित पिलमाईएको भिडियो गितको बैनर सोसलमिडिया लगायत बिभिन्न संचारमाध्यमा व्यापक रूचाईएको थियो ।

जेंवना भोजपुरी सनेसाको पहिलो भिडियो सांगितिक प्रस्तुतिको रुपमा रहेको “पेट बडी पापी’’ निकै प्रशंसा कमाएको थियो । बिशेष गरी तराई भेगमा समस्याको रुपमा रहेको बिदेश पलायन पछी भोगनुपर्ने पिडालाई दर्साउने उक्त भिडियो गितले धेरैको मन छोएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...

भारी वर्षाको सम्भावना, पर्सावासीलाई सतर्क रहन प्रशासनको आग्रह

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी दिनमा भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले बुधबार...