Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

कृषि उपज भण्डारणमा लगानी बढाईने छ : कृषि मन्त्रि साह

spot_img
spot_img

वीरगंज । भुमि व्यवस्ता, कृषि तथा सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साहले दुई वटा ठाउँमा छुट्टा छुट्टै कार्यक्रमका बीच कृषि उपज भण्डारण केन्द्रको शिलान्यास गरेका छन् |

पर्साको बिरगंज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित साना किसान कृषि सहकारी संस्था लि. र बाराको जितपुर सिमरा उपमहनागर्पलिका वडा नं. १५ डुमरवानास्थित साना किसान कृषि सहकारी संस्था लि.को लागत साझेदारीमा निर्माण हुने भण्डारण केेन्द्रकाे शिलान्यास गरेका हुन् ।

भण्डारण केन्द्रकाे आ.व. २०७७/०७८ मसान्त भित्रमा निर्माण कार्य सकिने गरि कार्य सुरु भएको छ | निर्माण कार्यको प्रति कुल लागत रु. ४९,९५,७५१.४३/- मा ५०% रु. २४,९७,८९०.७२/- सम्बन्धित सहकारी संस्थाले सझेदारी गरि निर्माण हुने छ ।

किसानको उत्पादनलाई स्थानीय स्तरमा भण्डारण गर्ने साधन नभएर बिभिन्न समस्याहरु भएकोले गर्दा सो को मध्य नजर गर्दै आ.व. २०७७/०७८ मा प्रदेश नं. २ को ८ वटै जिल्लाको लागि कृषि बिकास निर्देशनालय नकटाझिज धनुषाबाट कृषि उपज भण्डारण केन्द्रको लागि लागत सहभागितामा भवनहरु निर्माण गर्ने योजना अनुरुप कार्य सुरु गरिएको मन्त्रि साहले बताए |

प्रदेश नं. २ कृषि प्रधान प्रदेश भएकोले यहाँ कृषिमा प्रचुर सम्भावना भएको हुदा यसमा निजि, सहकारी र सरकारी माध्यमबाट सम्बृद्ध प्रदेश बनाउन सकिने भएकोले प्रदेश नं. २ को सरकारले कृषि र कृषकको बिकासको लागि कृषि उपज भण्डारण केन्द्र, कृषि उपज संकलन केन्द्र, कृषि यन्त्र प्रवर्दनका लागि कस्टम हायारिंग, कृषि सडक, सोलार पम्प, कृषि बिधुतिकरण, प्रांगारिक तथा जैविक मल कारखाना, कृषि उद्योग तथा पशुपालन र दुध जन्य जस्ता बिभिन्न कार्यक्रमहरु अघि सारिएको छ |

उद्यपुर घुर्मीकाे शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य राजेश्वर साह, प्रहलाद गिरि, करिमा बेगम, जसपा जिल्ला अध्यक्ष रामनरेश यादव, सचीव तबरेज अहमद, जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साह, कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल रौनियार, भेटेनरि अस्पताल पर्साका प्रमुख सहत राम मौर्य, बागवानी अधिकृत श्याम किशोर कुर्मी, साना किसान कृषि सहकारी संस्था लि. उदयपुर घुर्मिका अध्यक्ष हृदयानरायण कुर्मी, सहकारी कर्मी र किसान लगायतको सहभागिता रहेको थियो |

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...