Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वीरगंजमा थप ७८ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा पछिल्लो समयकै सबैभन्दा धेरै कोरोना भाइरस अर्थात कोभिड-१९ का सङ्क्रमित थपिएका छन् । पर्सामा चैतको अन्तिम सातादेखि सङ्क्रमित बढेपनि पहिलो पटक साेमबार एकैदिनमा ६२ जना सङ्क्रमित थपिएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा १ सय ४१ जनाको आरटी-पिसिआर प्रविधिबाट थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा पर्साका ६२ जनासहित ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

अन्य थपिएका सङ्क्रमितहरु बाराका १२ जना, सर्लाहीका २ जना, बागमती र नेपालगञ्जका एक/एक जना छन् ।

अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले उपलब्ध गराएको विवरण अनुसार थपिएका अधिकान्स सङ्क्रमित पर्साको सदरमुकाम वीरगञ्ज महानगरको विभिन्न वडाका वासिन्दा हुन् ।

पर्सा जिल्लामा थपिएका सङ्क्रमितमध्ये वीरगञ्जको विभिन्न वडाका ५२ जना, पर्सागढी नगरपालिकाका ३ जना, पकाहामैनपुर र ठोरी गाउँपालिकाका २/२ जना, बिन्दबासिनी, सखुवापर्सौनी र कालिकामाई गाउँपालिकाका १/१ जना रहेको डा. दासले जानकारी दिए । 

त्यसैगरी बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाका ४ जना, प्रसाैनी गाउँपालिकाका २ जना, परवानीपुर गाउँपालिकाका, निजगढ नगरपालिकाका, महागढीमाई नगरपालिकाका, जितपुरसिमरा उपमहानगरपालिकाका र बिष्णुपुरुवाका १/१ जना सङ्क्रमित भएको उनले बताए ।

त्यस्तै सर्लाहीको मलंगवा र लालबन्दीका १/१ जना, नेपालगञ्जको गणेशपुरका र काठमाडौँको बागमतीका १/१ जनामा पनि सङ्क्रमण देखिएको छ ।

थपिएका सङ्क्रमितमा ४ वर्षीय बालकदेखि ७५ वर्षीय वृद्धसमेत रहेका छन् । उनीहरुको सिटि भ्यालु १३.१ देखि ३५.५ सम्म रहेको डा. दासले जानकरी दिए ।

वीरगन्जमा अहिले ३२ जना संक्रमित अस्पतालमा उपचाररत छन् । नारायणी अस्पतालमा २३ जना र बयोधा अस्पतालमा ९ जना संक्रमित उपचाररत रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटेर डाक्टर दासले जानकारी दिए ।

नारायणी अस्पतालमा १७ जना संक्रमित आइसियुमा र ६ जना संक्रमित आइशोलेसन वार्डमा उपचाररत रहेको उनले बताए ।

वीरगन्जमा संक्रमण पुष्टि भएका कोरोनाका सामान्य लक्षण भएका संक्रमितहरुलाइ भने होम आइशोलेसनमा पठाउने गरिएको डाक्टर दासले जानकारी दिए । कोरोना संक्रमणका कारण पछिल्लो एक हप्तामा पर्सा र बाराका ५ जनाले ज्यान पनि गुमाइसकेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...