Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्सामा ४९ जना संक्रमित थपिए, १९ जनालाई अस्पताल भर्ना गरियाे

spot_img
spot_img

वीरगंज । पर्साका थप ४९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा आइतबार ९६ जनाकाे आरटी पिसिआर विधिबाट गरिएकाे परिक्षणमा थप ६१ जनामा काेराेना पाेजिटिभ देखिएकाे हाे ।

थपिएका संक्रमितहरु पर्साका ४९ जना, बाराका ११ जना र सर्लाहीका एक जना रहेकाे नारायणी अस्पतालका काेभिड संयाेजक डा. सरोज रोशन दासले बताए । उनका अनुसार संक्रमित हुनेमा ५० पुरुष र ११ महिला रहेका छन् । संक्रमितहरु ५ बर्षदेखी ७२ बर्ष उमेर समुहका रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १४ देखी ३५.५ रहेकाे छ ।

पर्सामा थपिएका संक्रमितहरु वीरगंज महानगरपालिकाकाे वडा नं. ३, ४, ६, ८ १०, ११, १२, १५, १६, १९, २५, २६ का रहेका छन् भने  धाेबिनी गाउँपालिकाकाे वडा नं. ४ काे एक जना र ५ काे एक जना रहेका छन् ।

त्यसैगरी, बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ३ काे एक जना, कलैया उपमहानगरपालिकाकाे वडा नं. ४ काे ५ जना, वडा नं. ६ का एक जना, निजगढ नगरपालिका वडा नं. ७ का ४ जना रहेका छन् ।

त्यसैगरी, सर्लाहीकाे हरिपुरवा ३ का एक संक्रमण पुष्टि भएकाे काेभिड संयाेजक डा. दासले जानकारी दिए । नारायणी अस्पतालमा हाल १९ जना संक्रमितलाई भर्ना समेत गरिएकाे उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...