Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

वीरगंज महानगरका कक्षा ५ सम्मको सबै विद्यालय बन्द हुने

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले कक्षा ५ को सबै विद्यालयहरु बैशाख ६ गते सोमबारदेखि बन्द गर्ने निर्णय गरेको छ ।

आईतबार महानगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा बसेको महानगरपालिकाको बैठकले सोमबारदेखि कक्षा ५ सम्मको सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देशव्यापी रुपमा फैलिएको र त्यसको प्रत्यक्ष जोखिममा विद्यालयका बालबालिकाहरुमा पर्ने भएकोले जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै बैशाख ६ गते सोमबारदेखि महानगरक्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय भएको वीरगंज महानगरका प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।

बैठकले कक्षा ५ सम्मको विद्यार्थीहरुको कक्षा वृद्धि आन्तरिक मूल्यांकनको आधारमा मिलाउन समेत सबै विद्यालयहरुलाई अनुरोध गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...