Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

सखुवा प्रसाैनी गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसाैनी गाउँपालिकामा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्बर १ मधुवन मथवलको खजुरिचा चोकमा भएकाे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । वडा नम्बर १ का अध्यक्ष विश्वनाथ पटवारीको अध्यक्षता र गाउँपालिका अध्यक्ष प्रदिप जयसवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीय जनताले सडक, विद्यालय, स्वास्थ्यचौकी, नदी नियन्त्रण जस्ता विषय प्राथमिकतामा राख्न वताए ।

सखुवा परसैनी गाउँपालिकाको आयोजन र सहयोगी नेपालकाे संयोजनमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै स्थानीयले धानको बिउ, रसायनिक मलकाे वितरण र विद्यलयमा अपुग शिक्षक दरबन्दी जस्ता विषयमा जिज्ञासा र सुझाव राखेका थिए ।

कार्यक्रमका प्रमुख अथिती रहेका गाउँपालिका अध्यक्ष जयसवालले आफुहरुले विकासको वजेट स्थानीय आवश्यक्ताको पहिचान गरेर र वडास्तरबाट पेश भएर आएका योजनाहरुका अनुसारमा काम गर्ने गरेको बताए । उनले कृषी, शिक्षा र स्वास्थ्यजस्ता विषय आफुहरुको पाथमिकतामा रहेको बताए ।

कार्यक्रमकी विशिष्ठ अतिथी रहेकी गाउँपालिकाकी उपाध्यक्ष फुलमति चौधरीले आफुहरुले समुदायस्तरमा उठेका बिवादहरु स्थानीय न्यायिक समिमित मार्फत छलफल र मेलमिलाप गराएर मिलाउने गरेको बताइन ।

त्यस्तै पालिकामा हुने निर्णयहरुमा जनताको आवश्यक्तालाई केन्द्रबिन्दुमा राख्ने गरेको दावी गरिन ।

प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवले गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन लागि परेको बताए । उनले विकास निर्माणको कामदेखि योजना कार्यन्यवनका हरेक चरणमा कार्मचारी वर्गबाट गरिने कार्य राम्रो होस भन्ने प्रयास गर्ने गरेको बताए ।

स्थानीय भागवत दास थारुले गाउँपालिकाको काम कारवाही पारदर्शी हुनु पर्ने राय जनाए ।

कार्यक्रममा संयोजनाकर्ता संस्थाका प्रतिनिधि अफरोज अहमदले नागरिक प्रतिवेदश र वर्हिगम अभिमतको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेका थिए । कार्यक्रममा बिभिन्न वडाका जनप्रतिनिधि, कर्मचारीहरु, स्थानिय राजनीतिक दलका अगुवा, नागरिक अगुवा, महला र भद्रभलादमीहरुको सहभागिता रहेकाे थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...