Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

सखुवा प्रसाैनी गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसाैनी गाउँपालिकामा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्बर १ मधुवन मथवलको खजुरिचा चोकमा भएकाे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । वडा नम्बर १ का अध्यक्ष विश्वनाथ पटवारीको अध्यक्षता र गाउँपालिका अध्यक्ष प्रदिप जयसवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीय जनताले सडक, विद्यालय, स्वास्थ्यचौकी, नदी नियन्त्रण जस्ता विषय प्राथमिकतामा राख्न वताए ।

सखुवा परसैनी गाउँपालिकाको आयोजन र सहयोगी नेपालकाे संयोजनमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै स्थानीयले धानको बिउ, रसायनिक मलकाे वितरण र विद्यलयमा अपुग शिक्षक दरबन्दी जस्ता विषयमा जिज्ञासा र सुझाव राखेका थिए ।

कार्यक्रमका प्रमुख अथिती रहेका गाउँपालिका अध्यक्ष जयसवालले आफुहरुले विकासको वजेट स्थानीय आवश्यक्ताको पहिचान गरेर र वडास्तरबाट पेश भएर आएका योजनाहरुका अनुसारमा काम गर्ने गरेको बताए । उनले कृषी, शिक्षा र स्वास्थ्यजस्ता विषय आफुहरुको पाथमिकतामा रहेको बताए ।

कार्यक्रमकी विशिष्ठ अतिथी रहेकी गाउँपालिकाकी उपाध्यक्ष फुलमति चौधरीले आफुहरुले समुदायस्तरमा उठेका बिवादहरु स्थानीय न्यायिक समिमित मार्फत छलफल र मेलमिलाप गराएर मिलाउने गरेको बताइन ।

त्यस्तै पालिकामा हुने निर्णयहरुमा जनताको आवश्यक्तालाई केन्द्रबिन्दुमा राख्ने गरेको दावी गरिन ।

प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवले गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन लागि परेको बताए । उनले विकास निर्माणको कामदेखि योजना कार्यन्यवनका हरेक चरणमा कार्मचारी वर्गबाट गरिने कार्य राम्रो होस भन्ने प्रयास गर्ने गरेको बताए ।

स्थानीय भागवत दास थारुले गाउँपालिकाको काम कारवाही पारदर्शी हुनु पर्ने राय जनाए ।

कार्यक्रममा संयोजनाकर्ता संस्थाका प्रतिनिधि अफरोज अहमदले नागरिक प्रतिवेदश र वर्हिगम अभिमतको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेका थिए । कार्यक्रममा बिभिन्न वडाका जनप्रतिनिधि, कर्मचारीहरु, स्थानिय राजनीतिक दलका अगुवा, नागरिक अगुवा, महला र भद्रभलादमीहरुको सहभागिता रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...