Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

ठोरीमा हुलाकी राजमार्गको काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा रोकिएको हुलाकी सडकको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

ठोरीबाट काठमाडौं आएको एक प्रतिनिधि टोलीले सोमबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओलीलाई भेटेर हुलाकी सडक निर्माण कार्य तत्काल अघि बढाउन माग राखेर ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले २/४ ओटा रुख र दुई चार कट्ठा जमिनका कारण राष्ट्रिय गौरवको आयोजना निर्माणमा अवरोध गर्न नहुने भन्दै तत्काल समस्या समाधान गरेर काम सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रतिनिधि टोलीका सदस्य हेम चापागाईंले अनलाइनखबरलाई बताए ।

प्रधानमन्त्री ओलीले ठोरीको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै ठोरी-माडीको विकासमा अवरोध भए आफूलाई जानकारी दिन ठोरीवासीसँग आग्रह गरेको उनले बताए ।

कार्यक्रममा ‘अधुरो हुलाकी सडक संघर्ष समिति’का अध्यक्ष जगेन्द्र पौडेलले हुलाकी सडक निर्माण अवरोधबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

सो क्रममा राम जन्मभूमि क्षेत्र विकास समितिका अध्यक्ष प्रकाश खनालले राम जन्मभूमि क्षेत्र ठोरीमा रामायण सर्किट निर्माणको बारेमा प्रस्ताव सहितको ज्ञापन पत्र बुझाएका थिए ।

यस अघि प्रतिनिधि टोलीले वनमन्त्री प्रेम आले र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई पनि ज्ञापन पत्र बुझाउँदै रोकिएको हुलाकी सडक निर्माण अघि बढाउन माग राख्दै ज्ञापन पत्र बुझाएको थियो । अनलाइन खबरबाट

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...