Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026

ठोरीमा हुलाकी राजमार्गको काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा रोकिएको हुलाकी सडकको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

ठोरीबाट काठमाडौं आएको एक प्रतिनिधि टोलीले सोमबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओलीलाई भेटेर हुलाकी सडक निर्माण कार्य तत्काल अघि बढाउन माग राखेर ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले २/४ ओटा रुख र दुई चार कट्ठा जमिनका कारण राष्ट्रिय गौरवको आयोजना निर्माणमा अवरोध गर्न नहुने भन्दै तत्काल समस्या समाधान गरेर काम सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रतिनिधि टोलीका सदस्य हेम चापागाईंले अनलाइनखबरलाई बताए ।

प्रधानमन्त्री ओलीले ठोरीको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै ठोरी-माडीको विकासमा अवरोध भए आफूलाई जानकारी दिन ठोरीवासीसँग आग्रह गरेको उनले बताए ।

कार्यक्रममा ‘अधुरो हुलाकी सडक संघर्ष समिति’का अध्यक्ष जगेन्द्र पौडेलले हुलाकी सडक निर्माण अवरोधबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

सो क्रममा राम जन्मभूमि क्षेत्र विकास समितिका अध्यक्ष प्रकाश खनालले राम जन्मभूमि क्षेत्र ठोरीमा रामायण सर्किट निर्माणको बारेमा प्रस्ताव सहितको ज्ञापन पत्र बुझाएका थिए ।

यस अघि प्रतिनिधि टोलीले वनमन्त्री प्रेम आले र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई पनि ज्ञापन पत्र बुझाउँदै रोकिएको हुलाकी सडक निर्माण अघि बढाउन माग राख्दै ज्ञापन पत्र बुझाएको थियो । अनलाइन खबरबाट

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लब गठन, अनुकम्पा गुप्ता चार्टर अध्यक्ष

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको प्रायोजनमा मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लबको औपचारिक चार्टर (स्थापना) समारोह सम्पन्न भएको छ। विद्यालयमा पहिलोपटक गठन गरिएको क्लबले...

पर्सामा च्यातिएका र फोहोर राष्ट्रिय झण्डा तत्काल फेर्न प्रशासनको निर्देशन

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सार्वजनिक स्थानमा राखिएका नेपालको राष्ट्रिय झण्डाको संरक्षण, मर्मत तथा नियमित फेरबदल गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको...

पर्साको सीमाक्षेत्रबाट ११ किलो गाँजासहित एक जना पक्राउ

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलले ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान करिब...