Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पाेखरियामा इलाका प्रशासन स्थापनाकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखिरया नगरपालिकाले पाेखरियामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएकाे छ ।

नगरपालिकाका मेयर दिपनारायण राैनियारले पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

जिल्ला प्रशासन कार्यालयबाट सम्पादन हुने सार्वजनिक सेवाका लागि ईलाका प्रशासन कार्यालय पोखरीयामा स्थापना गर्न, भुमि व्यस्थापन तथा मालपोत कार्यालयबाट सम्पादन हुने सार्वजनिक सेवाका लागि सेवा केन्द्र पोखरीयामा स्थापना गर्न र नापी कार्यालयबाट सम्पादनहुने सार्वजनिक सेवाका लागि सेवा केन्द्र पोखरीयामा स्थापना गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताए ।

यस्तै, ज्ञापन पत्रमार्फत नगरपालिका भित्र रहेकाे अतिक्रमित जग्गा खाली गराउन समेत माग गरिएकाे उनले जानकारी दिए । 

जिल्लाकाे मध्य भागमा अवस्थित रहेको पोखरीया नगरपालिकामा जिल्लाका अधिकांश ग्रमीणा क्षेत्रमा जनताहरु सार्वजनिक सेवाका महत्वपूर्ण कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, भुमि व्यवस्था तथा मालपोत कार्यालय, नापी कार्यालय लगायतका कार्यालयहरु वीरगंजमा रहेको कारणले सम्पूर्ण सेवा लिनका लागि वीरगंज नै पुग्नु पर्ने बाध्यता रहेका कारण जनताले प्राप्त गर्ने सेवा जनताकै घरदैलोमा प्राप्त होस भन्ने उदेश्य स्वरुप सेवा केन्द्र स्थापना गर्न माग गरिएकाे मेयर राैनियारले वताए ।

जिल्लाका सवै भन्दा टाढा रहेको ठाेरी, भिस्वा, जगमंगलापुर, धोवीनी, लंगडी लगायतका ठाउँहरुबाट वीरगंज पुग्न सार्वजनिक सवारी साधनको प्रयाप्तता पनि नभएको अवस्थामा त्यस भेगका जनताको लागि पोखरीया नगर एक सहज पहुँच हुने केन्द्रको रुपमा रहेको छ ।

ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पर्सामा नगरपालिकाकी उप मेयर सलमा खातुन, वडाध्यक्षहरु, कार्यापालिका सदस्यहरु र केही कर्मचारीहरु पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...