Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पत्रकार महासंघ प्रदेश २ को २१ पदका लागि ५३ जनाको उम्मेदवारी

spot_img
spot_img

वीरगंज । चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको प्रदेश २ को चुनावमा ५३ जना उम्मेदवारले विभिन्न पदका लागि मनोनयन दर्ता गराएका छन् ।

निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको नामावली अनुसार २१ पदका लागि ५३ जनाले मनोनयन पत्र दर्ता गराएका हुन् । पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरै जना पत्रकारले उम्मेदवारी दिएका छन् ।

प्रदेश २ को अध्यक्ष पदका लागि जितेन्द्र प्रसाद सिंह, नवलकिशोर यादव र राजेश कुमार कर्ण गरी ३ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, उपाध्यक्षमा बृजलाल पासवान, राजु विश्वकर्मा र रामनन्दप्रसाद गुप्ता गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् ।

उपाध्यक्षमा उम्मेदवारी दिएका मध्येका बृजलाल पासवान वीरगंजका पत्रकार हुन् । यस अघि पासवानले पत्रकार महासंघकाे केन्द्रिय सदस्य (दलित) पदमा उम्मेदवारी दिएका थिए । तर साे पद प्रेस युनियनकाे भागमा परेपछि उनले आफ्नाे उम्मेदवारी फिर्ता लिएका थिए ।
 
महिला उपाध्यक्षका लागि ज्योति झा, नेहा झा, मालाकुमारी कर्ण र रेणु कुमारी चौधरी गरी ४ जनाले मनोनयन दर्ता गराएका छन् ।

महासचिवमा वीरगंज कै ३ जनाकाे उम्मेदवारी दर्ता

महासचिवमा अशोककुमार तिवारी, धु्रब साह र श्याम प्रसाद बञ्जारा गरी ३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । तिनै जना वीरगंज कै पत्रकार हुन् । 

सचिवमा अजित कुमार सिंह (खुल्ला), आलोक पाण्डे (खुल्ला), उपेन्द्रप्रसाद यादव (समावेशी), कमलकुमार उपाध्याय (खुल्ला), जितलाल श्रेष्ठ (समावेशी) र भोला पासवान (समावेशी) ले मनोनयन दर्ता गराएका छन् ।
 
त्यस्तै, कोषाध्यक्षमा विश्वनाथ ठाकुर, मनोजकुमार मिश्र, रमेश सुवेदी र शैलेन्द्रकुमार महतो गरी ४ जनाले मनोनयन दर्ता गराएका छन् ।

५ जना खुल्ला सदस्यका लागि अजयकुमार साह, अनिलकुमार तिवारी, दीपकप्रसाद गौतम, नवीन सिंह, वैधनाथ चौधरी, मनोज तिमिल्सिना, महेश्वर अधिकारी, रमेश सिंह, ललनकुमार साह, शैलेन्द्र झा, सन्तोष कुमार सिंह र त्रिलोकीनाथ यादव गरी १२ जनाले उम्मेदवारी दिएका छन् ।

३ जना महिला सदस्यका लागि प्रतिभा झा, लक्ष्मी खरेल, सुधा देव, सपना ढकाल, सरिता चौधरी र वरुणा यादव गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने २ जना मधेसी सदस्यका लागि धनवीर महतो, नवीन मिश्र र सञ्जयकुमार राउत गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् ।
 
त्यस्तै, २ जना आदिवासी जनजाति सदस्यका लागि उदयकुमार दास थारु, रोयाण्टर मण्डल र शंकर श्रेष्ठ गरी ३ जनाले आ–आफ्नो उम्मेदवारी दिएका छन् । 
 
१ जना दलित सदस्यका लागि कैलाश दास, वीरेन्द्र विश्वकर्मा र राम एकवाल महरा गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् भने १ जना अल्पसंख्यक सदस्यका लागि ग्यासु मिया देवान, प्रभास चन्द्र कर्ण र हदिस खुद्दार गरी ३ जनाले मनोनयन दर्ता गराएको निर्वाचन संयोजक रामभरत साहले जानकारी दिए । 

निर्वाचन समितिले उम्मेदवार उपरको दाबी विरोधका लागि बिहीबार साँझ ६ बजेदेखि शुक्रबार अपराह्न साढे १२ बजेसम्मका लागि समय निर्धारण गरेको छ भने उम्मेदवारले शुक्रबार दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने जनाइएको छ । 

उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार साँझ ६ बजे गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रेस युनियन, प्रेस संगठन लगायतका ११ संगठनहरुकाे मिलेर चुनाव लड्दै छन् भने प्रेस चाैतारी र प्रेस मंच मिलेर चुनाव लडिरहेकाे छ । तर दुबै तर्फ बागी उम्मेदवारहरु देखिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...