Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

पत्रकार महासंघ प्रदेश २ को २१ पदका लागि ५३ जनाको उम्मेदवारी

spot_img
spot_img

वीरगंज । चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको प्रदेश २ को चुनावमा ५३ जना उम्मेदवारले विभिन्न पदका लागि मनोनयन दर्ता गराएका छन् ।

निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको नामावली अनुसार २१ पदका लागि ५३ जनाले मनोनयन पत्र दर्ता गराएका हुन् । पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरै जना पत्रकारले उम्मेदवारी दिएका छन् ।

प्रदेश २ को अध्यक्ष पदका लागि जितेन्द्र प्रसाद सिंह, नवलकिशोर यादव र राजेश कुमार कर्ण गरी ३ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, उपाध्यक्षमा बृजलाल पासवान, राजु विश्वकर्मा र रामनन्दप्रसाद गुप्ता गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् ।

उपाध्यक्षमा उम्मेदवारी दिएका मध्येका बृजलाल पासवान वीरगंजका पत्रकार हुन् । यस अघि पासवानले पत्रकार महासंघकाे केन्द्रिय सदस्य (दलित) पदमा उम्मेदवारी दिएका थिए । तर साे पद प्रेस युनियनकाे भागमा परेपछि उनले आफ्नाे उम्मेदवारी फिर्ता लिएका थिए ।
 
महिला उपाध्यक्षका लागि ज्योति झा, नेहा झा, मालाकुमारी कर्ण र रेणु कुमारी चौधरी गरी ४ जनाले मनोनयन दर्ता गराएका छन् ।

महासचिवमा वीरगंज कै ३ जनाकाे उम्मेदवारी दर्ता

महासचिवमा अशोककुमार तिवारी, धु्रब साह र श्याम प्रसाद बञ्जारा गरी ३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । तिनै जना वीरगंज कै पत्रकार हुन् । 

सचिवमा अजित कुमार सिंह (खुल्ला), आलोक पाण्डे (खुल्ला), उपेन्द्रप्रसाद यादव (समावेशी), कमलकुमार उपाध्याय (खुल्ला), जितलाल श्रेष्ठ (समावेशी) र भोला पासवान (समावेशी) ले मनोनयन दर्ता गराएका छन् ।
 
त्यस्तै, कोषाध्यक्षमा विश्वनाथ ठाकुर, मनोजकुमार मिश्र, रमेश सुवेदी र शैलेन्द्रकुमार महतो गरी ४ जनाले मनोनयन दर्ता गराएका छन् ।

५ जना खुल्ला सदस्यका लागि अजयकुमार साह, अनिलकुमार तिवारी, दीपकप्रसाद गौतम, नवीन सिंह, वैधनाथ चौधरी, मनोज तिमिल्सिना, महेश्वर अधिकारी, रमेश सिंह, ललनकुमार साह, शैलेन्द्र झा, सन्तोष कुमार सिंह र त्रिलोकीनाथ यादव गरी १२ जनाले उम्मेदवारी दिएका छन् ।

३ जना महिला सदस्यका लागि प्रतिभा झा, लक्ष्मी खरेल, सुधा देव, सपना ढकाल, सरिता चौधरी र वरुणा यादव गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने २ जना मधेसी सदस्यका लागि धनवीर महतो, नवीन मिश्र र सञ्जयकुमार राउत गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् ।
 
त्यस्तै, २ जना आदिवासी जनजाति सदस्यका लागि उदयकुमार दास थारु, रोयाण्टर मण्डल र शंकर श्रेष्ठ गरी ३ जनाले आ–आफ्नो उम्मेदवारी दिएका छन् । 
 
१ जना दलित सदस्यका लागि कैलाश दास, वीरेन्द्र विश्वकर्मा र राम एकवाल महरा गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् भने १ जना अल्पसंख्यक सदस्यका लागि ग्यासु मिया देवान, प्रभास चन्द्र कर्ण र हदिस खुद्दार गरी ३ जनाले मनोनयन दर्ता गराएको निर्वाचन संयोजक रामभरत साहले जानकारी दिए । 

निर्वाचन समितिले उम्मेदवार उपरको दाबी विरोधका लागि बिहीबार साँझ ६ बजेदेखि शुक्रबार अपराह्न साढे १२ बजेसम्मका लागि समय निर्धारण गरेको छ भने उम्मेदवारले शुक्रबार दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने जनाइएको छ । 

उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार साँझ ६ बजे गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रेस युनियन, प्रेस संगठन लगायतका ११ संगठनहरुकाे मिलेर चुनाव लड्दै छन् भने प्रेस चाैतारी र प्रेस मंच मिलेर चुनाव लडिरहेकाे छ । तर दुबै तर्फ बागी उम्मेदवारहरु देखिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...