Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

हुलाकी सडकखण्डमा पुल बन्दै

spot_img
spot_img

वीरगञ्ज । हुलाकी सडकअन्तर्गत पर्साको ठोरीदेखि चितवनको माडीसम्मको सडकखण्डमा १२ वटा पुल द्रूतगतिमा निर्माण हुन थालेका छन् ।

रु एक अर्ब १७ करोड ३१ लाख २७ हजार ४४२ को लागतमा ठोरी–माडी हुलाकी सडकखण्डमा १२ वटा पुल द्रूतगतिमा निर्माण हुन थालेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ ।

ती पुल १० प्रतिशतदेखि ६५ प्रतिशतसम्म निर्माण सम्पन्न भइसकेको सो कार्यालयका सूचना अधिकारी सञ्जयकुमार ठाकुरले राससलाई बताउनुभयो । पर्साको ठोरीबाट चितवनको माडीसम्म रहेका रिउखोलाको पुलको लम्बाइ २५४ दशमलव ७५ मिटर, लम्बाइखोला १११दशमलव १५ मिटर, घाघरखोला १२७ दशमलव एक मिटर, पतरीखोला ४१ दशमलव दुई मिटर, परवीखोला ९७दशमलव एक मिटर, भालुखोला १७ दशमलव २ मिटर र टुनामुनाखोला ६४ दशमलव १५ मिटर रहेको छ ।

यसैगरी बाँदरमुडे खोला २६ दशमलव दुई मिटर, रतनीखोला २२ दशमलव २ मिटर, मुगइखोला ९७ दशमलव एक मिटर, चिताइखोला २७ दशमलव दुई मिटर र देवेन्द्रपुरबाट बगड बसपार्कसम्म सात दशमलव सात मिटर गरी जम्मा १२ वटा खोलामा पुलको निर्माण भइरहेको छ ।

सो खोलामा रहेका पुलको निर्माणकार्य सम्पन्न भएपछि ग्रामीण क्षेत्रमा रहेको सडक सञ्जाललाई सदरमुकाम वीरगञ्जसँग जोड्नेछन् । ठोरी र माडीमा निर्माण भइरहेको पुल बनिसकेपछि पर्सा जिल्लाको १४ स्थानीय तहका नागरिकलाई चितवनसँग जोडिनुका साथै सवारी साधन आवागमनमा सजिलो हुने विश्वास स्थानीयवासीले लिएका छन् ।

हुलाकी सडकअन्तर्गत रहेको उक्त पुल निर्माण सम्पन्नपछि चितवन जिल्लामा उत्पादन हुने हरियो तरकारी, फलफूल र अन्नबालीलाई समेत बजारीकरण गर्न सजिलो हँुदै जाने किसान विजय पण्डितको भनाइ छ । रासस

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...