Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026

होटलमा काम लगाइदिने भन्दै जबर्जस्ती यौन व्यवसायमा लगाउने पक्राउ

spot_img
spot_img

भक्तपुर । युवतीहरूलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ झाङगाझोली घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराई, सिन्धुली ग्याङ्ले गाउँपालिका–३ तामाझोर घर भई हाल माकलबारी बस्ने १९ वर्षीया मसेली भन्ने सुहाना तामाङ, काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुङ्गेल, नुवाकोट सूर्यगढी नगरपालिका–४ घर भई हाल माकलबारी बस्ने ३१ वर्षीया मुना थापा मगर र काठमाडाँै कागेश्वरी मनहरा नगरपालिका–१ गाँगलफेदी बस्ने ४७ वर्षीय राजकुमार सुनार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गरीब, मजदूर तथा आर्थिक अवस्था कमजोर भएका बालिका एवं युवतीलाई कपडा पसल वा अन्य ठाउँमा जागिर लगाइदिन्छु भनी प्रलोभनमा पारेर विभिन्न होटलमा पु¥याइ जबरर्जस्ती यौन धन्दामा लगाउने गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले गोकर्णबाट उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरिएको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

बलात्कारको शिकार भएकी १६ वर्षीया छोरीलाई लिएर परिसरमा चैत १८ गते आएका पीडित बालिकाका पिताले सुहाना तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र जबरर्जस्ती करणीको किटानी जाहेरी दिएपछि भक्तपुर प्रहरीले खोजी गर्ने क्रममा जबरर्जस्ती बालिका तथा किशोरीलाई ल्याएर यौन धन्दामा लगाउने सो पेशेवर समूहलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

जाहेरीपछि अनुसन्धानका क्रममा अभिभावकसँग छोरीलाई काठमाडौँमा कपडा पसलमा काम लगाइदिन्छु भन्दै फकाएर गत १२ गते बालिकालाई सुहाना तामाङले श्यामकुमार भट्टराईसँग मिलेर काठमाडौँको गोकर्णेश्वर नपा माकलबारीमा लिएको भाडाको फ्ल्याटमा पु¥याएका थिए । फकाएर बालिका, किशोरी र युवतीलाई फ्ल्याटमा लैजाने, उनीहरूलाई पुराना लुगा फेर्न लगाउने, नयाँ र पारदर्शी लुगा लगाउन दिने, खान, बस्न, सुत्ने, मदिरा खान दिई लत लगाउने र कतै भाग्न नसक्ने गरी व्यवस्थापन गरेको पाइएको छ ।

प्रहरी नायब उपरीक्षक गिरीले भन्नुभयो, “फ्ल्याटमा कही दिन राखेर उनीहरूको तस्बिर लिएर सोही तस्बिर विभिन्न होटलमा पठाएर ग्राहकले रोजेको केटीलाई भट्टराई आफैले सवारी साधनमा राखेर होटलमा पु¥याउने गरेको पाइयो, आफू अन्त गएको बेलामा पु¥याउनु परे पठाओलगायतका अन्य साधनमा राखेर पठाउने गरेको पाइयो होटलमा पु¥याएपछि बालिका, किशोरीले यौन सम्बन्ध राख्न नमाने बलात्कार गर्न लगाउने गरेको अनुसन्धानमा खुलेको छ ।”

प्रहरीले माकलबारीको फ्ल्याटमा खानतलासी गर्दा फ्ल्याटबाट अरु किशोरीसहित यौन सम्पर्क गर्दा प्रयोग गर्ने गरी विभिन्न गर्भ निरोधक एवं परिवार नियोजनका अस्थायी साधनसमेत बरामद गरेको छ । गत १४ गते १६ वर्षीया बालिकालाई पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजलमा लगेर बलात्कार गराएको पाइएपछि प्रहरीले होटल सञ्चालक ढुङ्गेल र थापा मगर तथा बलात्कार आरोपी सुनारलाई पक्राउ गरी आज सात दिनको म्याद लिएर थप अनुसन्धान शुरु गरेको प्रनाउ गिरीले जानकारी दिनुभयो ।

प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले फ्ल्याट भाडामा लिएर बालिका तथा किशोरीलाई प्रलोभनमा पारेर ल्याउने र देहव्यापारमा लाग्न बाध्य पार्ने एउटा गिरोह पक्राउ परे पनि यस्ता गिरोह अरु पनि हुनसक्ने तर्फ प्रहरी चनाखो भएको बताउनुभयो ।

कतिपयले भने उजूरी नदिने र मानव ओसारपसार एवं बलात्कारका विरुद्ध नबोल्दा समस्या आउने गरेको उहाँको भनाइ छ । उहाँले यस्ता गिरोहको खोजीलाई तीव्र बनाउने बताउनुभयो । यो घटनामा पनि एक बालिकाको आँट र उजूरीले गिरोह पक्राउ परे पनि यही फ्ल्याटमा रहेका अन्य युवती तथा किशोरीले भने अरु कुन कुन होटलमा लगेर जबरर्जस्ती यौन धन्दामा लगाउने गरेको थियो भन्ने जानकारी दिन नमान्दा कतिपय अपराधी उम्कन सक्ने तर्फ प्रहरी सचेत भएको बताउनुभयो ।

उहाँले यस्ता घट्ना छन् भने कुनै पनि डर, धम्की र प्रलोभनमा नपरी प्रहरीलाई खबर गर्न प्रहरी उपरीक्षक थापाले सबैमा आह्वान गर्नुभयो । प्रहरीले पक्राउ परेको गिरोहलाई मनाव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ । रासस

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लब गठन, अनुकम्पा गुप्ता चार्टर अध्यक्ष

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको प्रायोजनमा मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लबको औपचारिक चार्टर (स्थापना) समारोह सम्पन्न भएको छ। विद्यालयमा पहिलोपटक गठन गरिएको क्लबले...

पर्सामा च्यातिएका र फोहोर राष्ट्रिय झण्डा तत्काल फेर्न प्रशासनको निर्देशन

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सार्वजनिक स्थानमा राखिएका नेपालको राष्ट्रिय झण्डाको संरक्षण, मर्मत तथा नियमित फेरबदल गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको...

पर्साको सीमाक्षेत्रबाट ११ किलो गाँजासहित एक जना पक्राउ

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलले ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान करिब...