Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

कटैयामा श्री विष्णु महायज्ञ सुरु, मुख्यमन्त्री गद्दीद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा न. ३ कटैयामा श्री विष्णु महायज्ञ सुरु भएकाे छ । महायज्ञकाे पहिलाे दिन बिहिबार जल यात्रा निकालिएकाे छ । जल यात्राकाे प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले उद्घाटन गरेका छन् ।

जल यात्राकाे उद्घाटन गर्दै मुख्यमन्त्री गद्दीले सरकारी जागिरमा महिलालाई ५० प्रतिशत आरक्षण दिने प्रदेश सरकारकाे तयारी रहेकाे वताए । उनले प्रदेश सरकारका सम्पुर्ण सरकारी कार्यालयहरुमा मधेस समुदायका महिलाहरु हुने दाबी गरे ।

मधेसमा पछाडि परेका महिलाहरुको क्षमता अभिबृद्धि तथा व्यक्तित्व विकासका निम्ती प्रदेश सरकारले लागु गरेको बालिका स्वर्ण बिमा सुचारु भएको बताउँदै राउतले ८ कक्षामा अध्ययन गर्ने छात्राहरुलाई साइकल र उच्च कक्षामा अध्ययन गर्ने छात्राहरुलाई ल्याप्टप वितरण गरिने प्रतिबद्धता पनि जनाए । 

मुख्यमन्त्री गद्दीले हवन गर्दा जलाईने धुप, तिल र घ्युको धुवाले वातावरणलाई सफा र शुद्ध राख्ने बताए । उनले यज्ञ तथा हवन गर्दा देशमा सुख, शान्ति र जनमानसमा आपसी भाइचारा कायम हुने विश्वास समेत व्यक्त गरे ।  

काैवाबन कटैयाबासीद्वारा आयोजित महायज्ञमा मुख्यमन्त्री गद्दीले रु १ लाख १ हजार नगदसमेत सहयोग गरेको स्थानिय अरबिन्द कुमार पटेलले वताए । 

९ दिनसम्म चल्ने महायज्ञको पहिलो दिन बिहिवार ५ सय ५१ जना कुवारी कन्याहरुले महायज्ञस्थलबाट कलश बोकी बाजागाजाका साथ कटैया, गुलरिया, प्रसौनी, पाचगावा, रामभौरी, घुसकपुर हुँदै रंगपुर, भौरिमाई नजिकैको खोलाबाट जल भरी पुनः यज्ञस्थलमा पुगेका थिए । 

यज्ञ व्यवस्थापन समितिका अध्यक्ष जवाहर राउत कुर्मीकाे अध्यक्षतामा भएको कार्यक्रममा पर्सा क्षेत्र नं. ३ का निलम्बीत सांसद हरीनारायण रौनियार, प्रदेश सभा सदस्य मन्जुर अन्सारी, करिमा बेगम, जन्नत अन्सारी, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, नेकपा एमालेका नेता यसवन्त यादव, अनरुद्ध पटेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...