Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

कटैयामा श्री विष्णु महायज्ञ सुरु, मुख्यमन्त्री गद्दीद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा न. ३ कटैयामा श्री विष्णु महायज्ञ सुरु भएकाे छ । महायज्ञकाे पहिलाे दिन बिहिबार जल यात्रा निकालिएकाे छ । जल यात्राकाे प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले उद्घाटन गरेका छन् ।

जल यात्राकाे उद्घाटन गर्दै मुख्यमन्त्री गद्दीले सरकारी जागिरमा महिलालाई ५० प्रतिशत आरक्षण दिने प्रदेश सरकारकाे तयारी रहेकाे वताए । उनले प्रदेश सरकारका सम्पुर्ण सरकारी कार्यालयहरुमा मधेस समुदायका महिलाहरु हुने दाबी गरे ।

मधेसमा पछाडि परेका महिलाहरुको क्षमता अभिबृद्धि तथा व्यक्तित्व विकासका निम्ती प्रदेश सरकारले लागु गरेको बालिका स्वर्ण बिमा सुचारु भएको बताउँदै राउतले ८ कक्षामा अध्ययन गर्ने छात्राहरुलाई साइकल र उच्च कक्षामा अध्ययन गर्ने छात्राहरुलाई ल्याप्टप वितरण गरिने प्रतिबद्धता पनि जनाए । 

मुख्यमन्त्री गद्दीले हवन गर्दा जलाईने धुप, तिल र घ्युको धुवाले वातावरणलाई सफा र शुद्ध राख्ने बताए । उनले यज्ञ तथा हवन गर्दा देशमा सुख, शान्ति र जनमानसमा आपसी भाइचारा कायम हुने विश्वास समेत व्यक्त गरे ।  

काैवाबन कटैयाबासीद्वारा आयोजित महायज्ञमा मुख्यमन्त्री गद्दीले रु १ लाख १ हजार नगदसमेत सहयोग गरेको स्थानिय अरबिन्द कुमार पटेलले वताए । 

९ दिनसम्म चल्ने महायज्ञको पहिलो दिन बिहिवार ५ सय ५१ जना कुवारी कन्याहरुले महायज्ञस्थलबाट कलश बोकी बाजागाजाका साथ कटैया, गुलरिया, प्रसौनी, पाचगावा, रामभौरी, घुसकपुर हुँदै रंगपुर, भौरिमाई नजिकैको खोलाबाट जल भरी पुनः यज्ञस्थलमा पुगेका थिए । 

यज्ञ व्यवस्थापन समितिका अध्यक्ष जवाहर राउत कुर्मीकाे अध्यक्षतामा भएको कार्यक्रममा पर्सा क्षेत्र नं. ३ का निलम्बीत सांसद हरीनारायण रौनियार, प्रदेश सभा सदस्य मन्जुर अन्सारी, करिमा बेगम, जन्नत अन्सारी, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, नेकपा एमालेका नेता यसवन्त यादव, अनरुद्ध पटेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...