Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

पर्सामा अधिकांश पालिकाकाे विद्यालय खुल्ने र केहीकाे बन्द हुने

spot_img
spot_img

वीरगंज । देशैभर बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै सरकारले शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपनि पर्साकाे अधिकांश पालिकाले विद्यालय संचालन गर्ने निर्णय गरेका छन् ।

पर्साकाे छिपहरमाई गाउँपालिका, बिन्दवासिनी गाउँपालिका, सखुवा प्रसाैनली गाउँपालिका, वीरगंज महानगरपालिका लगयातका शैक्षिक संस्था बन्द नहुने भएका छन्  भने कहीकाे सरकारकाे निर्णय अनुसार बन्द हुने भएका छन् ।

पर्सा, बारा लगायतकाे जिल्लामा वायु प्रदुषणकाे खासै असर नदेखिएकाेले छिपहरमाई गाउँपालिकाकाे शिक्षण संस्था बन्द नहुने प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले जानकारी दिए ।

काेराेना कारण लामाे समय शिक्षण संस्थाहरु बन्द रहेकाे र परिक्षा पनि नजिक नै रहेकाे कारणले विद्यालय खाेल्नु परेकाे उनले वताए ।

यस्तै, सखुवा प्रसाैनी गाउँपालिकाले पनि शैक्षिक संस्थाहरु संचालन हुने जनाएकाे छ । गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले आफ्नाे फेसबुकमा एक स्टेटस लेख्दै विद्यालयहरु संचालन गर्न निर्देशन दिएका छन् ।

यस्तै, बिन्दवासिनी गाउँपालिकाले पनि शैक्षिक संस्थाहरु संचालन गर्ने निर्णय गरेकाे छ । पर्सामा वायु प्रदुषणकाे खासै असर नदेखिएकाेले विद्यालय संचालन गर्ने निर्णय गरिएकाे बिन्दवासिनी गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मुना कुमार राैनियारले जानकारी दिए ।

गाउँपालिकाकाे शिक्षा शाखा, शिक्षक महासंघ र गाउँपालिका अध्यक्षकाे समन्यमा विद्यालय संचालन गर्ने निर्णय गरिएकाे प्रमुख प्रशासकिय अधिकृत राैनियारले वताए । 

यस अघि नै वीरगंज महानगरपालिकाकाले पनि विद्यालय संचालन गर्न निर्देशन दिइसकेकाे छ ।

नेपाल सरकारले मिति २०७७/१२/१७ गते देखि २० गते सम्म वायु प्रदुषण को कारण देखाइ शैक्षिक संस्थाहरु बन्द गर्ने भनिएता पनि सो को प्रभाव बिरगंज महानगरपालिकामा नदेखिएको र विगतमा भएको शैक्षिक क्षतिलाई समेत ध्यानमा राख्दै महानगरपालिकाको अर्को आदेश नभए सम्म सबै शैक्षिक संस्थाहरुले पठनपाठन यथावत् सुचारु राख्न हुन वीरगंज महानगरपालिकाकाे शैक्षिक महाशाखाले जनाएकाे छ ।

जिराभवानी गाउँपालिकाकाे शैक्षिक संस्था बन्द रहने 

पर्सा कै जिराभवानी गाउँपालिकाकाे शैक्षिक संस्थाहरु सरकारकाे निर्णय अनुसार बन्द रहने भएकाे छ ।

नेपाल सरकारले मिति २०७७/१२/१७ गते देखि २० गते सम्म वायु प्रदुषणको कारण शैक्षिक संस्थाहरु बन्द गर्न दिएकाे निर्देशन अनुसार पालिका भित्रकाे सम्पूर्ण विद्यालयहरु बन्द रहने प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले जानकारी दिए ।

उनले भने “नेपाल सरकारकाे निर्देशन विपरित जान सकिदैन्, अन्य पालिकाले विद्यालयहरु संचालन गरे पनि हामीले सरकारकाे निर्णकाे पालना गर्दै विद्यालहरु बन्द नै गर्छाैं ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...