Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

वीरगंज मै एन्यूरिज्म क्लिपिङ्गकाे सफल सलक्रिया

spot_img
spot_img

वीरगंज । बीरगंजका ३ जना न्युरो सर्जन डाक्टरहरुको समूहले गम्भीर प्रकृतिको न्युरो सर्जरी गरेका छन् । बीरगंजमा हाल सम्म न्यूरो ट्रोमा मात्र हुदै आएकोमा डाक्टरहरुको समूहले एनियूरीजमको सफल सलक्रिया गरेका हुन् ।

यो अप्रेशनलाई मेडिकल भाषामा क्लिपिङ्ग अफ एनिरीजम भनिन्छ । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं. २ निवासी हजमिनिया दरवार निवासी शेष जलिलका श्रीमती श्यामदिया खातुनको टाउँको नशा फुलेर फुटेपछि वीरगंजकाे भवानी हस्पिटलमा भर्नामा भएकी थिइन् ।

याे एउटा गम्भीर प्रकृतिकाे दिमागकाे (ब्रेनकाे) नसामा हुने राेग हाे । एन्यूरिज्ममा दिमागकाे नसा फुटेर रगत बग्ने गर्दछ । जसका कारणा बिरामीलाइ पहिला एक्दमै जाेडले टाउकाे दुख्ने र बिस्तारै बेहोश हुँदै जाने र ब्रेन हेमरेज हुने गर्दछ, जसकाे सर्जरी नीकै कठिन हुने गर्दछ ।

खातुनको वीरगंजका न्युरो सर्जन डा. रंजित कुमार चौरसिया, डा. सफरोज अंसारी र डा. विपिन चौरसियाको टिमले वीरगंजस्थित नेशनल मेडिकल कलेजको अप्रेशन थिऐटरमा सफल सर्जरी गरेका थिए । हाल बिरामी खातुनको अवस्था निकै राम्रो रहेको तथा कुनै किसिमको समस्या नभएको परिवारजनले जनाएका छन् ।

गम्भीर प्रकृतिका ब्रेन सर्जरीमा सहभागी रहेका डाक्टरहरुले आइतबार वीरगंजकाे भवानी हस्पिटलमा पत्रकार सम्मेलनको आयोजना गरी वीरगंज मै मस्तिकसको नाशा फुटेको बिरामीको अप्रेशन तथा सफल उपचारको बिषयमा जानकारी दिए ।

अप्रेशनमा सहभागी डा. रंजितले कम खर्चमै बीरगंजमा आधुनिक प्रबिधिकाबाट उपचार गर्न सम्भव रहेको वताए । उनले यस्तो बिरामीलाई काठमाण्डौ अथवा बाहिर पठाउँदा रिक्स हुने गरेको तथा बाटोमै मृत्यु हुने गरेको अनुभव हामीलाई रहेको वताए ।

अप्रेशनमा सहभागी डाक्टर सफरोजले बीरगंज मै हाल सम्म नभएको अप्रेशन हाम्रो टिमले माइक्रो एस्कोपको मदतबाट गर्न सफल भएको बताए ।

डा. रंजितले तराईवासीहरुमा जानकारीका अभावका कारण अहिले सम्म बाहिर अथवा बिदेशमै लगेर ब्रेन सम्बन्धि उपचार गराउँने परिपाटी रहेको पत्रकार सम्मेलनमा बताए । उनले हामीले गरेको अप्रेशन बीरगंजमा अहिले सम्म कसै नगरेको भए पनि यो सफलतासँगै अब सम्भव रहेको प्रष्ट भएको दावी गरे ।

डा. विपिनले बीरगंज मै आधुनिक स्थरको अप्रेशन थिऐटर देखि आवश्यक मेसिन तथा माइक्रो स्कोपहरु पनि उपलब्ध रहेको बताए । बाहिरका अस्पतालहरुमा प्रदान गरिने सेवा र बीरगंज हामीले प्रदान गर्ने सेवामा खासै फरक नरहेको उनले पत्रकार सम्मेलनमा बताए ।

तर खर्चमा बाहिर अलि महगो रहेको तथा बीरगंज हामीले कम शुल्कमै उच्च स्तरीय सेवा दिने प्रयास गरेको बताए ।

पत्रकार सम्मेलनमा उपचार पछि हाल बिरामीको अवस्था निकै राम्रो रहेको बताउँदै उपचारमा संलग्न रहेका चिकित्सकहरुलाई खातुनका श्रीमान शेष जलिलले अभार व्यक्त गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...